डा. पुनम घलेद्वारा पुन: विपन्न परिवारलाई खाधान्न सहयाेग

 काेहलपुर

खाधान्न वितरण गर्दै डा.पुनम घले

काठमाडौं स्थित सिभिल सर्भिस अस्पतालमा कार्यरत डा. पुनम घलेले काेहलपुरमा आर्थिक रुपमा विपन्न परिवार १७ घर परिवारलाई लाई खद्यान्न सामाग्री सहयाेग गर्नुभएको छ।
डा. घलेले  काेहलपुर वडा न ११ का   अति बिपन्न १७ घर परिवारलाई करिव  खाद्यान्न सामाग्री वितरण गर्नुभएकाे हाे।
प्रति परिवार १ बाेरा चामल,१ लिटर तेल, १केजि दाल,१ प्याकेट नुन लगाएतका सामाग्री वितरण गर्नुभएकाे हाे।
लकडाउका कारण समस्यामा परेका काेहलपुरका दीनदुखीलाई केही मात्रामा भएपनि सहयाेग हाेस भनेर आफुले सहयाेग गरेकाे डा. घलेले बताउनु भयाे। आफुलाई गरिव तथा समस्यामा परेका मानिसलाई सहयाेग गर्न पाउँदा सन्ताेष मिल्ने उहाँको भनाई छ।

यसअघि  जन्मदिनको अवसर पारेर डा.  घलेले जन्मदिनकाे अवसर पारेर  रु १३ हजार ८ सय ५० बाट प्रति परिवार १ बाेरा चामल,१ लिटर तेल, १केजि दाल,१ प्याकेट नुन,एक पकेट मास्क र १०० एम एल सेनिटाइजर  लगाएतका सामाग्री वितरण  गर्नुभएकाे थियाे।


ताजा समाचार

error: Content is protected !!