बालुवाटारबाट उफ्र कि बार्दलीबाट ,लोकतन्त्र जिन्दाबाद !

दामाेदर अर्याल

भ्रष्टाचार त तिमिले पनि गर्यौ !
उस्ले पनि गर्छ ।
कुशासन त तिमिले पनि चलायौ !
उसले पनि चलाउछ ।
विधि त तिमिले पनि मिच्यौ !
उसले पनि मिच्छ ।
सत्ता र भत्ताको माेज तिमिले पनि गर्यौ !
उस्ले पनि गर्छ ।
आसे पासे त तिमिले नि पोस्यौ !
उसले पनि पोस्छ ।
तर,
सबाल लोकतन्त्रको हो !
जो हामिले मात्र जोगाउछौ ।
र,
जोगायौ ।
बालुवाटारबाट उफ्र कि बार्दलीबाट !
लोकतन्त्र जिन्दाबाद थियो, जिन्दाबाद छ,
जिन्दाबाद रहनेछ ।


ताजा समाचार

error: Content is protected !!