काेहलपुर नगरपालिकाद्वारा आधारभुत विद्यालयलाई कम्प्युटर र प्रिन्टर वितरण

काेहलपुर

 

 

 

 

 

 

बाँकेकाे काेहलपुर नगरपालिकाले नगर पालिका भित्रका आधारभुत विद्यालयलाई कम्प्युटर र प्रिन्टर वितरण गरेको छ । विद्यालयलाई प्रविधिमैत्री बनाउन नगरपालिकाले १२ वटा सामुदायिक आधारभुत विद्यालयलाई कम्प्युटर, प्रिन्टरलगायतका सामग्री वितरण गरेको हो ।

काेहलपुर नगरपालिका प्रमुख लुट बहादुर रावतले नगरपालिकाभित्र सञ्चालित सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउन कम्प्युटरलगायतका सामग्री वितरण गरेको जानकारी दिए । प्रमुख रावतले कम्प्युटरकाे सही सदुपयाेग गर्न समेत सुझाव दिए।
काेहलपुर नगरपालिकाका उप प्रमुख सन्जु कुमारी चाैधरीले सामुदायिक विद्यालय अब गुणस्तर बढाउने तर्फ लाग्नुपर्नेमा जाेड दिइन।
काेहलपुर नगरपालिकाका शिक्षा शाखा प्रमुख अनन्त कुमार पाैड्यालले आधारभुत विद्यालयका कार्यालयका कामहरु र अभिलेखहरु अब कम्प्युटरमा ब्यवस्थित गर्न सुझाव दिए।शाखा प्रमुख पाैडेलले विद्यालय अब प्रविधि मैत्री हुनुपर्छ भन्ने साेचले आधारभुत तहका सबै विद्यालयलाई इन्टरनेट सहित कम्प्युटर र प्रिन्टर वितरण गरेकाे वताए।
नगरपालिकाले इन्टरनेट जडान गर्न समेत ती विद्यालयहरुलाई रकम पठाइसकेकाे शिक्षा शाखाका प्राविधिक सहायक बल बहादुर नेपालीले जानकारी दिए।


ताजा समाचार

error: Content is protected !!