एस.डि.एफ. बाँकेद्वारा काेहलपुरमा मास्क वितरण

कोहलपुर । बाँकेको कोहलपुरमा सेफ द चिल्ड्रेन तथा SDF बाँकेद्धारा सर्वसाधारणलाई मास्क बितरण गरिएको छ । कोरोनाको जोखिम अझै कायमै रहेका कारण सुरक्षित भएर घर बाहिर निस्कन र मास्कको अनिवार्य प्रयोग गर्न सन्देश प्रवाह गर्दै कोहलपुर चौराहमा बिहीबार बिहान सर्वसाधारणलाई मास्क बितरण गरिएको हो ।

कोहलपुर नगरपालिका,इलाका प्रहरी कार्यालय कोहलपुरको समन्वय सहकार्यमा सेफ द चिल्ड्रेन ,S.D.F .बाँकेद्धारा जोखिम संचार र समुदाय संलग्नता (Risk Communication and Communication Engagement Project) परियाेजनामार्फत मास्क बितरण गरिएको छ ।
बाटोमा भेटिने रिक्सा चालक, गाडी चालक, साईकल, मोटरसाईकलमा सवार व्यक्तिहरुलाई मास्क बितरण गर्नुका साथै मास्कको सही प्रयोग गर्न पनि सिकाइएको थियो ।

मास्क बितरण अभियानमा ट्राफिक प्रहरी, इलाका प्रहरी कार्यालय कोहलपुरका प्रतिनिधि र सामाजिक बिकास मञ्चका प्रतिनिधिहरु सहभागि हुनुभएको थियो । बाँकेका SDF बाँकेका सल्लाहकार घनश्याम उपाध्यक्षका अनुसार बिहीबार बिहान एक हजार पाँच सय बढि सर्वसाधारणलाई मास्क बितरण गरिएको छ ।

मञ्चका अध्यक्ष चम्प सिंह थापा मगर, बरिष्ठ सल्लाहकार घनश्याम उपाध्याय, कार्यक्रम संयोजक राम श्रेष्ठ लगायतले मास्क बितरण गर्नुभएको उपाध्यायले बताउनुभयो । मञ्चले लामो समयदेखि बाँकेमा युवा शशक्तिकरण बुलगारी परियोजना मार्फत युवाहरुलाई उद्यमशीलता सम्बन्धि तालिम दिनुका साथै स्वारोजगार बन्न सहयोग र प्रेरित गर्दै आएको छ ।


ताजा समाचार

error: Content is protected !!