ज्ञान ज्याेति बगियाद्वारा अपाङ्ग तथा विपन्न विद्यार्थीलाई सहयाेग
काेहलपुर

काेहलपुरमा रहेकाे ज्ञान ज्याेति माध्यमिक विद्यालय बगियाले अपाङ्ग ,असाहय तथा आर्थिक अवस्था न्यून भएका विद्यार्थीलाई खाद्यान्न तथा स्वास्थ्य सामाग्री सहयाेग गरेकाे छ।
सम नेपाल काे सहयाेगमा विद्यालयले अपाङ्गता भएका आर्थिक रुपले विपन्न तथा असाहय छात्र तथा छात्राहरुलाई खाद्यान्न तथा स्वास्थ्य सामाग्री बितरण गरेकाे विद्यालयका प्रधानाध्यापक गाेविन्दराज श्रेष्ठले जानकारी दिए।
विद्यालयले ३१ जना विद्यार्थीलाई राहत सामाग्री वितरण गरेकाे हाे। राहत सामाग्रीमा प्रति विद्यार्थी २५ किलाे चावल , २ किलाे दाल , १ किलाे नुन , सेनिटाइजर १०० ml, मास्क १ पाेका, ४ वटा नुहाउने साबुन र १ पाउ साेयविन गरि एकजनालाई २५०० बराबराकाे राहत सामाग्री वितरण गरेको सम नेपालका समावेशी सहजकर्ता परिता थारुले जानकारी दिइन।
राहत वितरण कार्यक्रममा वडा अध्यक्ष कर्ण बहादुर थापा,विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष देविलाल बाेहरा लगायतको उपस्थिति रहेकाे थियाे।




