काेहलपुरमा किशाेरीहरुका लागि आत्मरक्षा तालिम

मेयर लुट बहादुर रावतलाई  हात छुटाउने तरिकाबारे  जानकारी दिदै प्रमुख प्रशिक्षक सन्जु महर्जन 

१८ असार ,काेहलपुर । बाँकेकाे काेहलपुर नगरपालिकामा महिला हिंसा न्यूनिकरण गर्ने उद्देश्यले सामुदायिक विद्यालयमा अध्ययनरत किशोरीलाई आत्मारक्षा तालिमकाे शनिबारदेखि शुरु गरिएको छ । देशका विभिन्न क्षेत्रका महिला हिंसाका घटना बढ्न थालेपछि किशाेरीहरुलाई आत्मरक्षा गर्न सक्षम बनाउने उद्देश्यले काेहलपुर नगरपालिकाको सामाजिक बिकास शाखाको आयोजनामा किशोरीलाई तीन दिने आत्मारक्षा तालिम शुरु भएकाे हाे ।

महिला तथा किशोरीहरुमाथि अझै पनि हाम्रो समाजमा धेरै घटना हुने गरेकाले त्यसको अन्त्यका लागि यो तालिमले धेरै कुरा सिकाउनेको नगरप्रमुख लुटबहादुर रावतले बताए । उनले भने, ‘बालिका, किशोरीदेखि महिलामाथि हुने दुर्व्यवहारलाई अन्त्य गर्न आफूले सिकेर मात्र होइन् सिकेका कुरालाई अन्य साथीहरुलाई सिकाउन सके मात्र तालिमकाे राम्रो प्रभाव पर्छ । ‘

काेहलपुर नगरपालिका सामाजिक बिकास समितिका संयाेजक नारायणी वलीले तालिममा सैद्धान्तिक साथसाथै प्राक्टिकल हुने हुनाले तालिम प्रभावकारी हुने बताइन।
काेहलपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनन्त कुमार पाैड्यालले बढ्दाे महिला हिंसा वाट वालिकाहरुलाई बचाउन र आत्मवल बढाउन तालिमले सहयाेग पुग्ने बताए।
तालिमकाे सुरुआती चरणमा आक्रमणबाट कसरी बच्ने, संवेदनशील अंगमा बचावट गर्नेदेखि उल्टै प्रहार गर्नेलगायतका गतिविधि प्रशिक्षण दिइने नेपाल सेल्फ डिफेन्स एसाेसियसनका प्रमुख प्रशिक्षक सन्जु महर्जनले जानकारी दिइन। आफूमाथि हुने अप्रत्यक्ष र प्रत्यक्ष यौनहिंसा, दुर्व्यवहारबारे सचेतना परामर्श लिएपछि किशोरीलाई आत्मरक्षाका लागि तयार प्रमुख प्रशिक्षक महर्जनले बताइन ।
तालिममा नगरका सामुदायिक विद्यालयमा ४५ किशोरीको सहभागिता रहेको छ।


ताजा समाचार