नेपालगन्ज मेडिकल कलेजका कर्मचारीका ट्रेड युनियनहरुकाे ७ बुदे मागपत्र

माग पूरा नभए आन्दाेलन गर्छाै - महासचिव गिरी

नेपालगन्ज : लर्ड बुद्ध एजुकेशनल एकेडेमी लि. नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल अन्तर्गत रहेका तीन वटा ट्रेड युनियनले संयुक्तरूपमा व्यवस्थापन पक्षसँग मागपत्र पेश गरेका छन् ।
कर्मचारीहरुको तलबभत्ता तगायत  सेवा सुविधा वृद्धि  लगायतका ७ बुदे मागहरु राखि संयुक्त रुपमा मागपत्र प्रस्तुत गरिएकाे कर्मचारी संगठनका महासचिव रत्ना गिरीले जानकारी दिइन।
२०७४ साल यता लर्ड बुद्ध एजुकेशनल एकेडेमी लि. ले कर्मचारीकाे कुनै सेवा सुविधा थप नगरेकाले आफुहरुले प्रस्तुत गरेका मागहरु सम्बाेधन नभए आन्दाेलन गर्न बाध्य हुने महासचिव गिरीले बताइन। २०७४ साल यता दुइपटक नेपाल सरकारले कर्मचारीकाे तलब बृद्दि गरिसकेकाे छ।
लर्ड बुद्ध एजुकेशनल एकेडेमी लि.कर्मचारी संगठन, लर्ड बुद्ध एजुकेशनल एकेडेमी लि. कर्मचारी संघ र नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियनले संयुक्तरूपमा ७ बुदे मागपत्र संस्थाका उप निर्देशक श्याम कुमार शर्मा समक्ष बुझाएका हुन।
लर्ड बुद्ध एजुकेशनल एकेडेमी लि.कर्मचारी संगठनका महासचिव रत्ना गिरी , लर्ड बुद्ध एजुकेशनल एकेडेमी लि. कर्मचारी संघका सचिव नारायण पाेख्रेल तथा नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियनका सचिव अनिता थापाले सदस्य रहेकाे मस्यौदा समितिले मागपत्र तयार पारेकाे हाे।
मागपत्रमा कर्मचारीकाे तलव भत्ता बृद्दी गर्नुपर्ने ,दरबन्दी सृजना र बढुवा हुनुपर्ने,स्वास्थ्य उपचार खर्च ,अध्ययन तथा तालिम तथा संस्थागत सुधार लगायतका बुदाहरु समेटिएका छन। मागपत्रमा तलव भत्ता बृद्दि सगसगै पाेषाक भत्ता,जाेखिम भत्ता,काेभिड भत्ता र नाइट भत्ताकाे ब्यवस्था गर्ने समेत माग गरिएकाे महासचिव गिरीले बताइन।

तिनवटै युनियनका अध्यक्षहरुले सम्पूर्ण कर्मचारीहरुलाई मागहरु पूरा नभएको अवस्थामा अब गरिने आन्दोलनलाई साथ दिनुपर्नेमा अनुरोध गरेका थिए । आज नेपालगन्जमा रहेको लेक्चर हलमा कर्मचारीहरु भेला गरेर मागपत्रको बारेमा जानकारी गराइएको थियोे ।


ताजा समाचार