अपाङ्ग ब्यक्तिहरुका लागि जीवन ज्याेति स्कुलकाे खाद्यान्न सहयाेग
काेहलपुर
काेहलपुरमा रहेकाे जीवन ज्याेति स्कुलले काेभिड प्रभावित अपाङ्ग ब्यक्तिहरुका लागि हरुका लागि खाद्यान्न सहयाेग गरेकाे छ।
उक्त स्कुललले काेहलपुर नगरपालिका महिला तथा बालबालिका शाखा मार्फत १ सय ५० जना अपांग ब्यक्ति का लागि खाद्यान्न सहयाेग गरेकाे हाे।
स्कुलले १ सय ५० बाेरा चामल सहयाेग गरेकाे उक्त स्कुलका लेखा प्रमुख कल्याण तिमिल्सिनाले जानकारी दिए।
उक्त सामाग्रीहरु काेहलपुर नगरपालिका महिला बिकास अधिकृत रिना थापालाई स्कुलका प्रिन्सिपल फा.जाेमन जेम्सले हस्तान्तरण गरेका थिए।
स्कुलबाट सहयोग स्वरुप प्राप्त खाद्यान्न क र ख बर्गका अपांग ब्यक्तिहरुलाई सहयाेग गरिने महिला बिकास अधिकृत थापाले जानकारी दिइन।




