डा. पुनम घलेद्वारा काेहलपुरका विपन्न परिवारलाई सहयाेग
काेहलपुर

काठमाडौं स्थित सिभिल अस्पतालमा कार्यरत डा. पुनम घलेले काेहलपुरमा आर्थिक रुपमा विपन्न परिवार १० परिवारलाई लाई खधान्न तथा स्वास्थ्य सामाग्री सहयाेग गर्नुभएको छ।
लकडाउनका कारण समस्यामा परेका अति बिपन्न परिवारलाई डा. घलेले खाद्यान्न तथा स्वास्थ्य सामाग्रीका लागि काेहलपुरमा रहेका आफ्ना बुबा , आमा मार्फत अति बिपन्न १० घर परिवारलाई खाधान्न तथा स्वास्थ्य सामाग्री वितरण गरिएकाे डा. पुनमका बुबा मुन्ना चन घलेले जानकारी दिनुभयाे।
डा. पुनम घलेले पठाएको रु १३ हजार ८ सय ५० बाट प्रति परिवार १ बाेरा चामल,१ लिटर तेल, १केजि दाल,१ प्याकेट नुन,एक पकेट मास्क र १०० एम एल सेनिटाइजर लगाएतका सामाग्री वितरण गरेकाे डा.पुनमकी आमा लेक कुमारी घलेले जानकारी दिनुभयाे। उक्त सामाग्री काेहलपुर नगरपालिका वडा न ११ का वडा सदस्य छविलाल भट्टराईले खाद्यान्न सामाग्री बितरण गर्दै डा.घलेले आफ्नाे गाउँठाउँमा समस्यामा परेका घर परिवारकाे लागि सहयाेग गरेकाेमा धन्यवाद गर्नुभएकाे थियाे।




