अष्ट्रेलियाबाट गिता र सुरजले गरे काेहलपुरका विपन्न परिवारलाई सहयाेग
काेहलपुर

अस्ट्रेलियामा बस्दै आएका गिता खत्री र सुरज खत्रीले आर्थिक रुपमा विपन्न परिवारलाई खधान्न तथा स्वास्थ्य सामाग्री सहयाेग गरेका छन।

लकडाउनका कारण समस्यामा परेका अति बिपन्न परिवारलाई खत्री दम्पतिले खाद्यान्न तथा स्वास्थ्य सामाग्रीका लागि आफन्त मार्फत काेहलपुर -११ स्थित
क्याम्पस टाेलमा रहेका अति बिपन्न ६ घर परिवारलाई खाधान्न तथा स्वास्थ्य सामाग्री वितरण गरिएको स्वास्थ्यकर्मी समेत रहेका गिता खत्रीका भाइ सुधन बुढाथोकीले जानकारी दिए।
खत्री दम्पतिले पठाएको रु १३ हजार बाट प्रति परिवार २५ केजि चामल,१ लिटर तेल, १केजि दाल,१ प्याकेट नुन,१५ पिस मास्क र १०० एम एल सेनिटाइजर वितरण गरेकाे बुढाथोकीले जानकारी दिए।
उक्त सामाग्री काेहलपुर नगरपालिका वडा न ११ का वडा अध्यक्ष कर्ण बहादुर थापाले खाद्यान्न सामाग्री बितरण गर्दै बिदेशमा रहेर पनि आफ्नाे गाउँठाउँमा समस्यामा परेका घर परिवारकाे लागि सहयाेग गरेकाेमा धन्यवाद ब्यक्त गरे।




