जीवन ज्याेति स्कुलद्वारा स्वास्थ्य तथा खाद्य सामाग्री सहयाेग

अनिता अधिकारी
काेहलपुर,बाँके


काेहलपुरमा रहेकाे जीवन ज्याेति स्कुलले काेभिड प्रभावितहरुका लागि खाद्य तथा स्वास्थ्य सामाग्री सहयाेग गरेकाे छ।
उक्त स्कुललले काेहलपुर नगरपालिकाले संचालन गरेकाे काेभिड अस्थायी अस्पतालका लागि स्वास्थ्य सामाग्री हस्तान्तरण गरेकाे हाे।
स्कुलले २० थान अक्सिमिटर,पि.पि.इ २० सेट,सर्जिकल माक्स २००० थान,हेण्ड सेनिटाइजर ५०० मि लि काे ५० थान र हेण्ड सेनिटाइजर ५ लिटरकाे ४ जर्किन रहेका छन। उक्त स्वस्थ्य सामाग्री स्कुलका प्रिन्सिपल फा.जाेमन जेम्सले काेहलपुर नगरपालिकाका उप प्रमुख सन्जु कुमारी थारुलाई हस्तान्तरण गर्नुभएकाे थियाे।
यसैगरी स्कुलले आर्थिक अवस्था कमजोर भएका घरपरिवारलाई लक्षित गरि विभिन्न खाद्य सामाग्री माइतिलेपाललाई हस्तान्तरण गरेकाे छ। बिद्यालयले २० परिवारका लागि प्रति परिवार चामल २५ के.जी.,अडहरीकाे दाल २ केजी,नुन १ केजी,तेल १ लिटर,चिनि १ किलाे,गहुँको पिठो ५ केजी, साबुन, बेसार, चियापत्ति, खुर्सानि, जिरा र १ प्याकेट सेनेटरी प्याड सहयाेग गरेकाे विद्यालयका लेखा प्रमुख कल्याण तिमिल्सिनाले जानकारी दिनुभयाे। उक्त सामाग्री माइति नेपालका क्षेत्रिय संयाेजक केशव काेइरालालाई हस्तान्तरण गरपएकाे थियाेे।
खाद्य सामाग्री ग्रहण गर्दै माइती नेपालका क्षेत्रिय संयाेजक काेइरालाले खाद्य सामाग्री दैनिक ज्याला मजदुरी गर्ने र वास्तविक समस्यामा परेकालाई उपलब्ध गराउने बताउनु भयाे।

सामाग्री हस्तान्तरण कार्यक्रममा काेहलपुर नगरपालिका उप प्रमुख थारुले जीवन ज्याेति स्कुलबाट स्थानिय सरकारलाई पटक पटक सहयोग गर्ने गरेकाे भन्दै खुसी ब्यक्त गर्नुभयाे।

स्कुलका प्रिन्सिपल जेम्सले अप्ठ्यारो परेकाे बेला स्कुलले सहयाेग गर्दै आएकाे र आगामी दिनमा पनि जीवन ज्याेति स्कुल नगरपालिकालाई आवस्यक परेकाे खण्डमा जस्तो सुकै सहयोग गर्न तयार रहेकाे बताउनु भयाे।

सामाग्री हस्तान्तरण गर्दै जीवन ज्याेति स्कुल

उक्त स्कुलले केही दिन अगाडि मात्र अक्सिजनकाे चरम अभाव भएकाे अवस्थामा काेभिड अस्थायी अस्पताल काेहलपुरलाई अक्सिजन ग्यास सहितका सिलिन्डर हस्तान्तरण गरेकाे थियाे।
स्कुलले गत वर्ष काेहलपुर नगरपालिकाले संचालन गरेकाे १६ ओटा क्वारेन्टाईनका लागि ४८ कुन्टल चामल , ४ सय ८० किलो चामल , १ सय ६० लिटर तेल , प्याज ३ सय २० किलो , आलु ८सय किलो , नुन ८० किलो, मास्क ४ हजार पिस सेनिटाईजर ८० जार र डिटोल सावुन १ सय ९२ पिस खाध्य तथा स्वास्थ्य सामाग्री काेहलपुर नगरपालिकालाई सहयाेग गरेकाे थियाे।

यसैगरी उक्त स्कुलले गत वर्ष नै वडा न १० लाई पनि ५० हजार बराबरको खाध्य तथा स्वास्थ्य सामाग्री सहयाेग गरेकाे  प्रिन्सिपल  फा जेम्सलेे  जानकारी   दिनुभयाे ।

सम्बन्धित समाचार