काेहलपुरमा एक बर्षदेखि अनलाइनबाट निशुल्क “याेग अभ्यास”

बिनाेद भट्टराई

काेहलपुर

पतन्जली याेग समिति काेहलपुरले एक बर्षदेखि लगातार अनलाइनकाे माध्यमबाट नि शुल्क याेग अभ्यास गराइरहेकाे छ।
प्रत्यक्ष रुपमा विभिन्न स्थानहरुमा याेग अभ्यास गराइरहेकाे पंतन्जली याेग समिति काेहलपुरले गत बर्षकाे भदाै ३ गतेदेखि लगातार निशुल्क रुपमा याेग अभ्यास गराइरहेकाे पतन्जली याेग समिति काेहलपुरका अध्यक्ष गाैरीशंकर मण्डलले जानकारी दिए।
दैनिक याेग अभ्यासले शरिरमा धेरै राेगहरुबाट बचाउने र इम्युनिटि पावर समेत राम्राे बनाउने हुदा याे महामारीको बेलामा धेरैलाई स्वस्थ्य राख्न सकियाेस भनेर दैनिक अनलाइनबाट याेग अभ्यास शुरु गरेकाे काेहलपुर अध्यक्ष मण्डलले बताए।
दैनिक याेग गर्ने ब्यक्तिलाई काेराेना लागे पनि जटिलता नहुने उनको दावी छ। पतन्जली याेग समिति, काेहलपुरका अध्यक्ष मण्डलले भने-” काेराेना संक्रमितलाई याेगा, आयुर्वेदिक र यलाेपेथिक पद्दति बाट उपचार गरेमा बिरामी पुर्ण निकाे हुन्छ, जटिलता आउदैन।”
मण्डलले जनप्रतिनिधि र स्वास्थ्यकर्मीहरु काेराेना संक्रमितलाई याेग अभ्यास गर्न सल्लाह दिन आग्रह गरे।
समितिले ZOOM मार्फद दैनिक बिहान ५ बजेदेखि ७ बजेसम्म याेग अभ्यास गराउदै आएकाे छ।

याेग समिति, काेहलपुरले अहिलेसम्म लगाता, २ सय ७३ दिन अनलाइनबाट याेग अभ्यास पूरा गरेकाे छ।

 

सम्बन्धित समाचार