“जथाभावी औषधि सेवन नगराै , पहिला PCR गराै ” – डा.शिशिर रेग्मी

काेहलपुर,
नेपालगन्ज मेडिकल कलेज,काेहलपुरमा कार्यरत कन्सल्टेन्ट फिजिसियन डा.शिशिर रेग्मीले शरीर अस्वस्थ भयकाे शंका लागेमा सबैभन्दा पहिला pcr जाँच गर्न अनुराेध गर्नुभएकाे छ।
हाल अन्य जाँच गराएर दवाई खाने र त्यसले निकाे नभएर स्थिति अलि गम्भीर भएपछि मात्र PCR परिक्षण गर्ने गरेका कारण धेरैकाे ज्यान जाेखिममा परेकाे डा. रेग्मीको भनाई छ।

डा.रेग्मीले टाइफाइडले २/३ दिनम‌ै मानिसकाे मृत्यु नहुने र रिपोर्ट पनि तुरुन्तै आउने हुनाले टाइफाइड वा अरु राेगकाे ल्याव परिक्षण गर्नुभन्दा पहपले PCR नै जाँच गराउन अनुराेध गर्नुभयाे । डा.रेग्मीले भन्नुभयाे-‘ टाइफाइड नै दिमाखमा बसेकाे छ।जे भए पनि टाइफाइड भनेका छन ,दाैडेका छन। एक्सरे र PCR गरेका हुदैनन बरु तीन पटक टाइफाइडकाे जाँच गरेका हुन्छन।’
डा. रेग्मीले काेराेनाकाे उपचारमा रिपोर्ट अनिवार्य चाहिने बताउनु भयाे। “पि सि आर परिक्षण गरेमा सतर्क भइन्छ,डाक्टरसँग सल्लाह गर्छ,बिरामी सजक हुन्छ।”- डा.रेग्मीकाे भनाई छ।
काेराेना पाेजेटिभ भएकाे मानिसले शुरुमा पि सि आर नगर्दा एकातिर बिरामीलाई समस्या हुने र अर्काेतिर घर र छर छिमेकमा पनि सर्न सक्ने भएकाले सबैले PCR परिक्षणलाई विशेष ध्यान दिन आग्रह गर्नुभयाे।
“समयमा पि सि आर नगर्दा बिरामी सिरियस भएर मात्रै अस्पताल आउने ,निमाेनिया भैसकेको हुन्छ र अक्सिजन लेवर घटिसकेकाे हुन्छ तर भन्दाभन्दै अक्सिजन नपाइन सक्छ र समस्या हुन्छ ।”- डाक्टर रेग्मीकाे भनाई छ।
युराेप ,अमेरिका देशहरुले नसकेकाे उपचार नेपाललाई झन गार्हाे हुने उहाकाे भनाई छ।एकअर्कालाई सर्न कसरी राेक्ने भन्नेमा भन्नेमा अहिले ध्यान दिनुपर्ने भन्दै सर्ने क्रम नराेकियमा जतिठुला अस्पताल पनि १/२ दिनमा भरिने र अक्सिजन ग्यासकाे अभाव भइरहने उहाँको भनाई छ।


ताजा समाचार

error: Content is protected !!