काेहलपुरमा हाेम आइसाेलेसनमा बसेकालाई अनलाइन परामर्श

 

काेहलपुरमा काेराेना संक्रमण भई हाेम आइसाेलेसनमा बसेका काेराेना संक्रमित तथा तिनका परिवारलाइ लक्षित गरि अनलाइन बिधिबाट परामर्श दिन थालियकाे छ।
Zoom मार्फत नेपालगञ्ज मेडिकल कलेज, कोहलपुरकाअसिस्टेन्ट प्रोफेसर डा. श्याम बि.क. द्वारा सहभागीहरुका जिज्ञासामा चिकित्सकीय परामर्श दिनुभएकाे थियाे।
आज दिउसाे ४ बजेदेखि ५ बजेसम्म काेराेना संक्रमण भएका तथा अन्य काेराेना जस्तै लक्षण देखियकाहरुलाई डा.बि.क. ले परामर्श दिनुभएकाे हाे।
काेहलपुर नगरपालिकाका उप प्रमुख सन्जु कुमारी थारुकाे संयाेजनमा भयकाे अनलाइन परामर्शमा स्वास्थ्यकर्मी काेहलपुर ,राप्तीसाेनारी ,नेपालगन्ज लगायत बाट सहभागी भएका थिए।
अनलाइन परामर्श बाट पिडितलाई अत्यन्तै राहत भएकाे काेहलपुर -१० का अनिता अधिकारीले बताउनु भयाे। डाक्टरकाे पहुच नभएका र हाेम आइसाेलेसनमा बसेका हरुलाई अत्यन्तै उपयाेगी भयकाले आगामी दिनमा पनि यसलाई निरन्तरता दिने उप प्रमुख थारुले जानकारी दिनुभयाे।

सम्बन्धित समाचार