बाँकेको कोहलपुरमा बस र टिप्पर ठाेकिदा ५ काे मृत्यू ,३४ घाइते

 

बाँकेको कोहलपुरमा बस र टिप्पर एक आपसमा ठाेकिदा ५ जनाकाे मृत्यू भएको छ ।
सुर्खेतबाट धरान जाँदै गरेकाे मकालु यातायातको बस र बिपरित दिशाबाट अाइरहेकाे टिप्पर ठाेकिदा भएकाे दुर्घटनामा ३४ जना घाइते भएको ,एक जनाको घटना स्थलमा र अन्य ४ जनाकाे उपचारको क्रममा अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय काेहलपुरका प्रमुख डि.एस.पि. रविन्द्र खनालले बताए । साे बसमा ३९ जना यात्रु रहेका थिए । फेसबुक तथा सामाजिक संजालमा १० जनाकाे मृत्यु भएकाे भनिय पनि प्रहरीले भने ५ जनाकाे मात्र मृत्यु भयकाे पुष्टि गरेकाे छ।

अस्पतालमा उपचारको क्रममा रहेका मध्ये केहीकाे अबस्था भने चिन्ताजनक रहेकाे प्रहरीले जनायकाे छ।


ताजा समाचार