अध्यक्ष ओली र नेता नेपालबीच धुम्बाराहीमा छलफल हुँदै

 


काठमाडौं– नेकपा एमालेको दुई समूहबीच आज छलफल हुने भएको छ ।

प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र एमाले नेता माधवकुमार नेपाल पक्षबीच आज पार्टी कार्यालय धुम्बारहीमा छलफल हुन लागेकाे हाे । अहिले केहिबेरमा बजे दुवै नेता आफ्नो समूहसहित पार्टी कार्यालय आउने कार्यक्रम रहेको कार्यालय सचिव ईश्वरी रिजालले जानकारी दिनुभयो ।

पार्टी कार्यालय धुम्बाराहीमा हुने वार्तामा अध्यक्ष ओली सहित महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल र सचिव प्रदिप ज्ञवाली सहभागी हुनुहुनेछ ।

नेपाल समूहबाट वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपाल र अन्य दुई जना नेता रहनेछन।नेपाली बहसमा उल्लेख छ।


ताजा समाचार

error: Content is protected !!