लाइन्स क्लव अफ काेहलपुर कस्तुरीले गर्याे बृद्ध तथा असाहयलाई सहयाेग

काेहलपुर
लाइन्स क्लवअफ काेहलपुर कस्तुरीले निलसागर बृद्दा तथा असाहयहरुलाई सहयाेग गरेकाे छ।
क्लवले बुधबार काेहलपुर नगरपालिका वडा न ५ स्थित निलसागरकाे बृद्दा तथा असाहय केन्द्रमा एक ओपचारिक कार्यक्रमकाे आयाेजना गरि खाधान्न तथा फर्निचरका सामाग्रीहरु हस्तान्तरण गरेकाे हाे।
कार्यक्रममा प्रमुख अतिथि काेहलपुर नगरपालिकाका उप प्रमुख सन्जु कुमारी चाैधरीले भर्खरै स्थापना भएकाे यस क्लवले समाजसेवाबाट आफ्नाे काम शुरु गरेकाेमा लाइन्स क्लव अफ काेहलपुर कस्तुरीलाई धन्यवाद ब्यक्त गर्नुभयाे। उप प्रमुख चाैधरीले यस क्लवले काेहलपुरमा गर्ने हरेक सामाजिक कार्यमा आफ्नाे साथ र सहयाेग रहने स्पष्ट पार्नुभयाे।

कार्यक्रममा पुुुुर्व डिस्टिक गभर्नर मधुसुधन शर्माले लाइन्स क्लव इन्टरनेसनलकाे साेच अनुसार क्लवले दिन दुखिकाे सेवा गरेर आफ्नाे कामकाे शुरु गरेकाेमा आभार प्रकट गर्नुभयाे। शर्माले लाइन्स क्लवअफ काेहलपुर कस्तुरीका अध्यक्ष संगिता सुवेदीले लिडरसिपकाे मामिलामा अब्बल रहेकाे भन्दै समाजमा पैसा भएका मानिसहरुलाई माेटिभेट गरेर समाजसेवामा लगाउन सक्नु महत्त्वपूर्ण कार्य रहेकाे बताउनु भयाे।

कार्यक्रममा निलसागर अाश्रम काेहलपुरका अन्जु आचार्यले लाइन्स क्लवअफ काेहलपुर कस्तुरीले यस आश्रममा बृद्दबृद्दा तथा असाहयलाई सहयाेग गरेर कार्यप्रारम्भ गरेकाे आभार प्रकट गर्नुभयाे।
क्लवका अध्यक्ष संगिता सुवेदीले समूहमा मिलेर काम गर्दा दिगाे हुने भन्दै सामुहिक सेवा भावकाे उद्देश्यका साथ लाइन्स क्लवअफ काेहलपुर कस्तुरीकाे स्थापना भएकाे बताउनु भयाे। अध्यक्ष सुवेदीले याे क्लवले टिममा सबै मिलेर काम गर्ने जसले गर्दा लाइन्स क्लवअफ काेहलपुर कस्तुरी भनेर सबैले सम्झने वातावरण बनाउन अफुहरु लागि पर्ने जानकारी दिनुभयाे।अध्यक्ष सुवेदीले मानिसले मानवतानै बिर्सीरहेकाे अवस्थामा निलसागर काेहलपुरले बृद्द बृदा तथा असाहयकाे सहयाेग गरेर उदारणीय कार्य गरेकाे भन्दै आफ्नाे क्लव पनि यसमा साथ रहेकाे बताउनु भयाे।
क्लवका अध्यक्ष सुवेदीले यस क्षेत्रमा काेराेना संक्रमण फैलिरहेकाे र यस सम्बन्धि चेतनामुलक कार्यक्रमहरु छिटै नै लाइन्स क्लवअफ काेहलपुर कस्तुरीले संचालन गर्ने जानकारी दिनुभयाे।

कार्यक्रममा लाइन्स लिडरहरु चिन्तामणी धिताल, चण्डी गैर्हे, ज्ञानेन्द्र श्रेष्ठ , लाइन्स क्लवअफ काेहलपुरका अध्यक्ष नवीन आचार्य, लाइन्स क्लवअफ काेहलपुर सयपत्रीका अध्यक्ष लक्ष्मी सुबेदी लगाएतकाे उपस्थिति रहेकाे थियाे।

सम्बन्धित समाचार