काेहलपुर नगरपालिकाका प्रमुख रावतद्वारा संविधान दिवसकाे शुभकामना

काेहलपुर

संविधान दिवसकाे अवसरमा काेहलपुर नगरपालिकाका प्रमुख लुट बहादुर रावतले शुभकामना ब्यक्त गर्नुभएकाे छ। शुभकनमना वक्तव्यमा भनिएकाे छ अहिले विश्वलगाएत नेपाल पनि काेभिड १९ काे संक्रमणले आक्रान्त पारिरहेकाे र यससंग लड्न अधिकांस श्राेत, साधनर जनशक्ति लगाउनु परेकाे उल्लेख छ।
संविधान दिवस हर्षाेल्लासका साथ मनाओ ,घर घरमा राष्ट्रिय झण्डा फहराओ भन्ने मुल नाराका साथ छैटाै संविधान दिवस मनाइदै छ। नगर प्रमुख रावतले अहिले कार्यक्रम गरेर संविधान मनाउन नपाएपनि घरघरमा मनाउनु पर्ने बाध्यता भएकाे उल्लेख छ।
अहिलेकाे संविधानलाई उत्कृष्ट संविधान भनिएकाे छ ,यसकाे कार्यान्वयन र परिपालन गर्नु प्रत्येक नागरिककाे कर्तब्य रहेकाे प्रमुख रावतले शुभकामना सन्देशमा उल्लेख छ।
शुधकामना सन्देशमा हामी सबै काेभिड १९ काे संक्रमणकाे जाेखिमबाट सुरक्षित रहन , नेपाल सरकार, स्वास्थ्य मन्त्रालयले निर्धारण गरेका स्वास्थ्य सम्वन्धी मापदण्डकाे पुर्णरुपमा पालन गर्न आग्रह गर्दै काेहलपुर नगरवासीलाई संविधान दिवसकाे शुभकामना ब्यक्त गर्नुभएकाे छ।

सम्बन्धित समाचार