काेराेना संक्रमण थप फैलिन नदिन ‘काेहलपुर बन्द’ – नगर प्रमुख रावत

काेहलपुर

फाेटाे- बिनाेद भट्टराई

काेहलपुर नगरपालिकाका प्रमुख लुट बहादुर रावतले काेहलपुर नगर क्षेत्रमा काेराेना संक्रमण थप नफैलियाेस भनेर श्रावण ३२ देखि भाद्र ५ सम्म काेहलपुर बन्द गर्ने निर्णय गरेकाे बताएका छन।
आज आइतवार काेहलपुर नगरपालिकाकाे बिभिन्न स्थानमा स्थानिय तथा उधाेगी, ब्यापारी संग भेट गरी नगरपालिकाकाे निर्णयलाई हुबहु कार्यान्वयन गर्न आग्रह गरे।नगर प्रमुख रावलले स्थानिय जनता तथा उधाेगी, ब्यापारीलाई दु: ख दिन नभई काेराेना संक्रमण थप नफैलियाेस भनेर सर्वपक्षीय बैठक बसी ६ दिन काेहलपुरमा उधाेग ब्यापार बन्द गर्ने निर्णय गरियकाे बताए।

“सर्वपक्षीय बैठकमा स्थानिय पार्टीका प्रतिनिधि , उधाेग बाणिज्य संघका अध्यक्ष र बरिस्ठ उपाध्यक्ष लगायतकाे सहभागीता रहेकाे थियाे”- प्रमुख रावतले भने।
नगर प्रमुख रावत आइतवार( आज) बिहानैदेखि काेहलपुर का बिभिन्न स्थानमा पुगी अझ केही दिन घरबाट बाहिर ननिस्की काेराेना संक्रमण थप फैलिन नदिन सहयाेग गर्न आग्रह गरे।

सम्बन्धित समाचार