ब्यवसाय संचालन गर्छाै- ब्यापार संघ , नगरपालिकाकाे निर्णय कार्यान्वयन हुन्छ- प्र.जि.अ. कुरुम्बााङ

 बिनाेद भट्टराई

काेहलपुर
काेहलपुर उधाेग बाणिज्य संघले आफ्ना मागहरु पुरा नभए काेहलपुर नगरपालिकाकाे निर्णय नमान्ने चेतावनी दिएकाे छ।


नगरपालिकाले काेहलपुर क्षेत्रमा काेराेना संक्रमणकाे जाेखिम बढेकाे भन्दै श्रावण ३२ गतेदेखि भदौ ५ गतेसम्म काेहलपुर बजार पुर्णरुपमा बन्द गर्ने निर्णय गरेकाे थियाे।
शनिवारनै काेहलपुर उधाेग बाणिज्य संघले एक नगर प्रमुख लुटबहादुर रावतलाई ध्यानाकरण पत्र लेख्दै अाफ्ना मागहरु सम्बाेधन नभए भदाै १ गतेबाट उधाेग ब्यवसाय खुला गर्ने जनायकाे छ।

संघका अध्यक्ष चक्र बहादुर अधिकारी र महासचिव तेज प्रसाद अधिकारीले हस्ताक्षर गरेकाे ध्यानाकर्षण पत्रमा नेपालगन्ज बन्द नरहेको अवस्थामा काेहलपुर बन्द गर्दा ब्यापार ब्यवसाय समस्यामा पर्ने उलेख छ।
नेपालगन्ज र काेहलपुरमा फरक नियम लागु हुने,बैंक ब्याज,घर बहाल करर ब्यवसाय करका सम्वन्धमा स्थानिय सरकारले चासाे नदिएकाे,सर्वपक्षीय बैठकका ब्यापार संघकाे सुझाव सम्बाेधन नगरेकाे निर्माण कार्य नराेकियकाे लगयतका बुदामा असहमति जनाउदै माथि उल्लेखित बुदा श्रावण ३२ गतेसम्म सम्बाेधन नभए संघले भदाै १ बाट ब्यापार ब्यवसाय संचालन गर्ने चेताबनी दियकाे छ।
काेहलपुर नगरपालिकाका प्रवक्ता माधव रिजालले सबै राजनिति दल लगाएत सबै पक्ष बसेर गरेकाे निर्णय सबैले मान्नुपर्ने बताए । प्रवक्ता रिजालले भने-” स्वास्यसंग जाेडियकाे हुनाले बाणिज्य संघ लगायत सबैले निर्णय हुवहु गर्नुपर्छ।” प्रवक्ता रिजालले निर्णय अटेरी गर्नेलाई स्थानिय सरकारले कानुन बमाेजिम कारबाही गर्ने बताए।
निर्णय कार्वन्वयन हुन्छ – प्र जि अ
बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्बाङले स्थानिय सरकारकाे निर्णय सबैले कार्यन्वयन गर्नुपर्ने बताए। उनले भने -” स्थानिय सरकार अाधिकारीक निकाय हाे र यसकाे निर्णय कार्वन्यन हुन्छ।” प्र जि अ कुरुम्वाङले अटेरी गर्नेलाई कानुनअनुसार कारबाही गरिने बताए।

सम्बन्धित समाचार