जानकी गाँउपालिका पनि भदाै ५ गतेसम्म बन्द
काेहलपुर
बाँकेको जानकी गाउँपालिका आइतबार राती १२ बजे देखि गाउँपालिका क्षेत्रभित्र लकडाउन लागु गर्ने निर्णय गरेको छ । समुदाय स्तरमा कोरोना फैलिएकोले त्यसको रोकथाम तथा संक्रमण नियन्त्रणका लागि गाउँपालिकाले सम्पूर्ण सेवाहरु बन्द गर्ने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत हरिबहादुर खत्रीले जानकारी दिए ।

गाउपालिकाले साउन ३२ गतेदेखी भाद्र ५ गते राती १२ बजे सम्म सम्पूर्ण सेवा बन्द गरेकाे हाे।
गाउँपालिकाका कार्यवहाक अध्यक्ष भुमिसरा धितालको अध्यक्षमा बसेकाे कार्यपालिका बैठकले गाउँपालिका कार्यालय, गाउँपालिकाका अन्तर्गतका सम्पूर्ण कार्यालयहरु, वडा कार्यालय, बैंक तथा वित्तिय संस्था, सरकारी तथा गैरसरकारी संघसंस्था, होटल ब्यवसाय, गैरसरकारी कार्यालय, शैक्षिक संस्था, विद्यालय, हाटबजार आगामी भाद्र ५ गतेसम्मका लागि पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत खत्रीले जानकारी दिए । लकडाउन अवधिभर गाउँपालिका क्षेत्रमा कुनैपनि भेला, बैठक, भिडभाड गर्न नपाइने भएको छ ।
प्रमुख प्रशासकीय अधिकृत खत्रीका अनुसार गाउँ पालिका क्षेत्रमा अत्यावश्यकीय सेवा बाहेक कुनै अन्य दैनिक सेवा बन्द गरिएको छ ।




