कोहलपुर श्रावण ३२ देखि भदाै ५ गतेसम्म पुर्णरुपमा बन्द रहने

 

काेहलपुर ३१ साउन : कोहलपुर नगरपालिकामा भोलि श्रावण ३२ गते देखि भदौ ५ गतेसम्म बन्द गर्ने निर्णय भएको छ ।

शनिवार नगरप्रमुख लुटबहादुर रावतको अध्यक्षतामा बसेको सर्वपक्षिय बैठकले काेहलपुर क्षेत्रमा काेराेना संक्रमण बढेकाे भन्दै नगरपालिका मातहतका सरकारी कार्यायल, बैंक तथा वित्तीय संस्था, व्यापार, व्यवसाय, हाेटल, तरकारी हाटबजार लगायत बन्द गर्ने निर्णय गरेको काेहलपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छविलाल नेपालीले सुचना मार्फत जानकारी दिएका छन।

सम्बन्धित समाचार