ZOOM प्रबिधिबाट संगठनकाे तिज बिशेष कार्यक्रम , लाेक गायिका कमल वलीकाे बिशेष प्रस्तुति रहने

बिनाेद भट्टराई

काेहलपुर
नेपाल राष्ट्रिय शिक्षक सङठन, राष्ट्रिय समिती, संस्थागत बिद्यालय बिभागले आज श्रावण ३१ गते तिजको विशेष कार्यक्रमको आयोजना गरेको छ ।
‘तिज विशेष (राष्ट्रब्यापी गायन ) कार्यक्रम २०७७’ नाम दिइएको सो कार्यक्रम आज दिउँसो ३ बजेबाट ZOOM प्रबिधिबाट सुरु हुने संगठनका राष्ट्रिय सचिवालय सदस्य एवं संस्थागत विद्यालय बिभाग संयाेजक कमला थापाले जानकारी दिनुभयाे।

संघीय कानुन, न्याय तथा संसदीय मन्त्री डा. सिवमाया तुम्बाहाम्फे काे प्रमुख आतिथ्यमा हुने कार्यक्रममा प्रदेश १ बाट ७ जना,प्रदेश २ बाट २ जना,बागमती प्रदेशबाट ५ जना,गण्डकी प्रदेशबाट ४ जना, प्रदेश ५ बाट ५ जना, कर्णाली प्रदेशबाट ३ जना र सुदुरपश्चिम प्रदेशबाट २ जना गरी देशभरबाट २८ जनाले गायन प्रतियोगितामा भाग लिने संगठनका राष्ट्रिय सदस्य एकदेव पन्थीले बताउनु भयाे।

ZOOM प्रबिधिबाट संचालन गरिने कार्यक्रममा राष्ट्रिय सभा सदस्य एव लाेक गायिका काेमल वली, प्रतिनिधि सभा सदस्य रेखा झा, शिक्षक महासंघका राष्ट्रिय अध्यक्ष बाबुराम थापा , संगठनका राष्ट्रिय अध्यक्ष  लक्ष्मण शर्मा लगायतकाे सहभागीता रहने छ।

कार्यक्रममा सहभागी हुन ZOOM Id- 9851080860  र  password  305028 प्रयोग गर्नुपर्ने छ।

सम्बन्धित समाचार