बाँकेका नयाँ प्रहरी प्रमुख एस.पि. रानाले सर्वजनिक गरे १७ बुँदे कार्ययाेजना

नेपालगन्ज

जिल्ला प्रहरी कार्यालय बाँकेमा प्रहरी उपरीक्षक (S.P.)ओम बहादुर रानाले आफ्नो कार्यकालमा गर्ने मुख्य १७ बुँदे कामको कार्ययोजना सार्वजनिक गरेका छन ।

केही दिन अघि मात्र जिल्ला प्रहरी कार्यालय बाँकेकाे प्रमुखकाे जिम्मेवारी सम्हालेका एस. पि. रानाले सोमबार जिल्ला प्रहरी कार्यालय बाँकेमा राखिएको पत्रकार परिचय र भेटघाट कार्यक्रम मार्फत एसपी रानाले आफ्ना मुख्य १७ बुँदे कार्ययोजना सार्वजनिक गरेका हुन । कार्ययाेजनाकाे पहिलाे नम्वरमा हरेक नागरिकलाई छिटो, छरितो, सरल, समान र नागरिकमुखी सेवा प्रवाह गर्ने जनाएका छन
एस पि राजाले बाँके जिल्लासङ्ग भारतसङ्गको खुल्ला सिमा नाका जोडिएको हुँदा हुनसक्ने सिमा अपराध, चोरी, निकासी तथा पैठारी नियन्त्रण गरिने बताए ।

उनले घरेलुु मदिरा, यौन व्यवसाय, जुवातास, चोरी, लुटपाट, कालोबजारी नियन्त्रण, संगठित अपराध तथा गुण्डागर्दी, प्राकृतिक श्रोतको दोहन गर्ने, लागू औषध दुर्व्यसनी तथा ओसार पसार कारोवार गर्ने जो कोहीलाई पनि नछाड्ने प्रतिबद्धता जनाएका छन
मानव अधिकारको संरक्षण सम्बर्द्धन, सामाजिक, धार्मिक भेगियताको बिबिधताको सुन्दर पक्षलाई जोगाउँदै भाइचाराको सम्बन्ध कायम राख्ने देखि लिएर कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रणमा प्रभावकारी वयवस्थापन गरीने कार्ययाेजनामा उल्लेख छ।

हुन बाँके प्रहरीले अघि सारेको १७ बुँदे कार्ययोजना

१) हरेक नागरिकलाई छिटो, छरितो, सरल, समान र नागरिकमुखि सेवा प्रवाहमा जोड
२) अपराधिक क्रियाकलाप उपर कानूनी कठोरता आत्मसात गर्दै विवेकपूर्ण प्रहार
३) खुल्ला सीमा नाकाबाट हुने सीमा अपराध चोरी निकासी तथा पैठारी नियन्त्रण
४) घरेलु मदिरा, यौन व्यवसाय, जुवातास, चोरी, लुटपात र कालोबजारी नियन्त्रण
५) अपराध अनुसन्धान/तहकिकातमा उच्चतम प्रविधिको प्रयोग गरी प्रमाणमुखी अनुसन्धानमा जोड
६) संगठित अपराध तथा गुण्डागर्दी, सीमा अपराध, प्राकृतिक श्रोतको दोहन गर्नेमाथि निर्मम प्रहार ।
७) लागु औषध दुव्र्यसनी तथा ओसार पसार तथा कारोबार नियन्त्रण र न्यूनिकरण
८) फैसला कार्यान्वयन तथा फरार प्रतिबादी पक्राउ
९) सवारी दुर्घटना न्यूनिकरण तथा ट्राफिक व्यवस्थापन सगैं जनचेतनामुलक कार्यक्रम सञ्चालन
१०) घरेलु हिंसा, लैङ्गिक हिंसा, महिला, बालबालिका, जेष्ठ नगारीक तथा अशक्त व्यक्ति उपर हुने अपराधमा कानूनी कठोरता र पीडित मैत्री वातावरण सिर्जना
११) प्रहरी कर्मचारीको वृत्ती विकासको लागि अवसरको सृजना, रुची अनुसारको जिम्मेवारी र समान अवसर प्रदान गरि सांगठनिक उपलब्धि हाँसिल गर्ने
१२) समुदाय प्रहरी साझेदारी अभियान अन्र्तगत समाजिक अपराध नियन्त्रण तथा शान्ति सुरक्षा कार्यान्वयनमा जोड
१३) प्रहरी युनिटहरुको आवश्यकता अनुसार स्तरोन्नती, जग्गा प्राप्ती तथा भवन निमार्ण कार्यमा ठोस पहल
१४) मानव अधिकारको संरक्षण र संबद्र्धन
१५) सामाजिक, धार्मिक भेगियताको विविधताको सुन्दर पक्षलाई भाईचारा कायम राखिनेछ ।
१६) राज्य विरुद्ध हुने कुनैपनि गतिविधिहरुलाई कानून बमोजिम निर्मल गर्ने
१७) कोरोना भाईरस संक्रमण रोकथाम, नियन्त्रण

सम्बन्धित समाचार