बाँकेमा यसरी गरियो एस.पी. रानालाई स्वागत र एस.पी. वलीलाई बिधाई

काेहलपुर

     जिल्ला प्रहरी कार्यालय बाँकेको प्रमुखको रुपमा प्रहरी उपरीक्षक (SP)ओम बहादुर राना शुक्रबार हाजिर भएका छन ।


प्रहरी प्रधान कार्यालय ,जनसम्पर्क तथा प्रचार प्रसार शाखा नक्साल बाट बाँकेकाे प्रहरी प्रमुखकाे रुपमा सरुवा भएका हुन भने बाँकेका प्रहरी प्रमुख वीर बहादुर वलीकाे प्रहरी तालिम महाबिद्यालय जर्गाह, नवलपरासीमा सरुवा भएकाे छ।


SP राना र वलीलाई लाई जिल्ला प्रहरी कार्यलयमा एक कार्यक्रम गरि स्वागत तथा बिधाई गरिएकाे छ। एस पी रानालाई जिल्लामा डि एस पि तथा अन्य कर्मचारीले स्वागत गरेका हुन । यसैगरी एस पी वीर बहादुर वलिको पनि बिदाइ भएको छ ।

वलिले एक बर्ष लामो कार्यकाल बिताएर प्रहरी तालिम केन्द्र नवलपरासी सरुवा भएका हुुुन।


ताजा समाचार