प्रदेश सरकारकाे बजेट- बाँके निर्वाचन क्षेत्र न.१’ख’ काे लागि मात्र  ४० कराेड बराबरको याेजना

बिनाेद भट्टराई
प्रदेश -५ सरकारले आर्थिक वर्ष २०७७/०७८ लागि बाँके निर्वाचन क्षेत्र न १’ ख’ का लागि मात्र करिव ४० कराेड बराबरका याेजना छनाैट गरेकाे छ।

 

प्रदेश सरकारकाे आ. ब. २०७७/७८ काे बजेटमा प्रदेश -५ का भुमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्री आरति पाैडेल निर्वाचित याे क्षेत्रका लागि करिव ४० कराेड बराबरका बिभिन्न याेजना छनाैट गरेकाे हाे। याेे

बाँके निर्वाचन क्षेत्र न. १ ‘ख’ मा काेहलपुर नगरपालिका र साविक महादेवपुरी गा. बि. स. पर्दछन।

प्रदेश सरकारले, काेहलपुरमा संचालन गरिने

पशु बधशालाकाे लागि २ कराेड रकम छुट्टाएकाे छ भने साना कृषि अाैजार तथा यन्त्र उपकरण अनुदानकाे लागि रु १७लाख ५० हजार छुट्टाएकाे छ। यसैगरी बोयेर बख्रा को स्रोत केन्द्र काेहलपुर -८,पिपिरी का लागि रु २५ लाख रकम छ भने काेभिड प्रभावित भई गाउघरमा फर्किएका कृषकलाई उत्पादन सामाग्रीमा सहयाेग अनुदानकाे लागि २० लाख छुट्टाइएकाे छ। यसैगरी काेहलपुर क्रिकेट मैदान निर्माणका लागि ३० लाख रकम छुट्टयाइएको छ। प्रदेश सरकारले काेहलपुरमा काेशेली घर( प्रदशनि स्थल) निर्माणका लागि १० लाख रकम बिनियाेजन गरेकाे छ।काेहलपुरकाे प्रेमनगरमा रहेकाे प्राकृतिक चिकित्सालयलाई ५० लाख रकम छुट्टयाइएको छ भने काेहलपुर ११ मा रहेकाे जेष्ठ नागरिक दिवा सेवा केन्द्रका लागि प्रदेश सरकारले १५ लाख बिनियाेजन गरेकाे छ।काेहलपुर २ मा रहेकाे दलित संग्रहालयका लागि प्रदेश सरकारले रु २५ लाख रुपैया छुट्टाएकाे छ। काेहलपुरमा रहेकाे रेडियो प्रतिबाेधलाई एम्बुलेन्स खरिदका लागि भने १५ लाख बिनियाेजन गरियकाे छ।रिफरल भेटनेरि आस्पतल रु ४ करोड बिनियाेजन गरिएकाे छ।
प्रदेश सरकारले हवल्दारपुर वानियाभार सडककाे लागि ५ कराेड रुपैया बिनियाेजन गरेकाे छ।यसैगरी कालिका मार्गकाे लागि रु १० लाख बिनियाेजन भएकाे छ। च्याउग्राम स्थापनाका लागि २५ लाख बिनियाेजन गरिएकाे छ।


राप्तीसाेनारी ८ मा मनमाेहन पार्क निर्माणका लागि ३० लाख , महादेवपुरी खानेपानि आयाेजनाका लागि २ कराेड ५० लाख, शमशेरगन्ज खानेपानिका लागि ५ लाख बिनियाेजन भएकाे छ।
प्रदेश सरकारले काेहलपुर मैटहवा चन्नहवा खजुरा सडककाे लागि २ कराेड ५० लाख तथा मदनचाेक गाैरीडाँडा बैजनाथ सडककाे लागि ३५ लाख रकम बिनियाेजन गरिएकाे छ।पानीटंकी- मदनचाेक सडक खण्डको लागि ३५ लाख तथा सम्शेरगन्ज – चा‌ैधरीया सडककाे लागि ८ लाख बिनियाेजन गरिएकाे छ।
यसैगरी राप्तिसाेनारी -९ मा रहेकाे झिझिरी – बाघेशाल सिंचाई अायाेजनाका लागि १० लाख छुट्टयाइएको छ।
राप्तिसाेनारी देखि मानखाेला सम्म दूध उत्पादन कार्यक्रम तथा हवल्दार पुर देखि बानियनभार सम्म तरकारी उत्पादन कार्यक्रम का लागि राेड काेरिडाेर बनाउन ५०/५० लाख बिनियाेजन गरिएकाे छ।

यसैगरी बिराट खानेपानि आयाेजनाकाे लागि ५० लाख र ढकेरी खानेपानि आयाेजनाका लागि ५७ लाख रकम छ ।

 

सम्बन्धित समाचार