स्व. किरण भुषालकाे ४५ औ तिथिमा  नगरपालिकालाई लाख बढिकाे खाधान्न सहयाेग

काेहलपुर


गत बैशाख २० गते सडक दुर्घटनामा परि ज्यान गुमाएका काेहलपुर निवासी किरण भुषालकाे  ४५ औ   पुन्य तिथिकाे अवसर पारेर परिवारले १ लाख १ हजार ९० बराबरको राहत सामाग्री काेहलपुर नगरपालिकालाई हस्तान्तरण गरिएकाे छ।

काेहलपुरका विभिन्न १६ वटा क्वारेन्टाइनमा रहेका मानिसका लागि याे सामाग्री नगरपालिकालाई हस्तान्तरण गरिएकाे मृतकका अंकल खिल प्रसाद भुषालले जानकारी दिए।


भुषाल परिवारले नगरपालिकालाई ७०० किलाे चामल, ६० किलाे दाल,३० किलाे चना,७० लिटर तेल २८ पेटी चाउचाउ,१४ किलाे चियापत्ति,१४/१४ दर्जन नुहाउने र लुगा धुने सावुन,चिनी ७० किलाे, नुन ७० किलाे,साेयविन ७० किलाे,र हेन्डवास सहितका सामाग्री गरि १ लाख १ हजार ९ सय बराबरकाे सामाग्री काेहलपुर नगरपालिकाका नगर प्रमुख लुट बहादुर रावत मार्फत काेहलपुर भित्रका क्वारेन्टाइनका लागि हस्तान्तरण गरिएको हाे ।

सो राहत सामग्री हस्तान्तरण कार्यक्रममा काेहलपुर नगरपालिकाका नगर प्रमुख लुट बहादुर रावतले काेहलपुरका विभिन्न क्वारेन्टाइनमा अहिले पनि ५ सय १२ जना रहेकाे बताए। नगर प्रमुख रावतले ४५ दिनकाे पुन्य तिथिकाे दिन पारेर नगरपालिकालाई सहयाेग गरेकाेमा भुषाल परिवारप्रति आभार ब्यक्त गरे।


काेहलपुरका किरण भुषाललाई गत बैशाख २० गते नेपाली सेनाकाे गाडीले ठक्कर दिदा घटनास्थलमानै मृत्यु भएकाे थियाे भने साेही दुर्घटनामा घाइते मृतककी दिदी समीक्षा भुषालकाे काठमाडौ स्थित सेनाकाे छाउनी अस्पतालमा उपचार भैरहेकाे उनका अंकल पाेष्टराज भुषालले बताए।

सम्बन्धित समाचार