“देश बनाउन राजनिति, परिवार चलाउन कृषि”- नेता न्याैपाने

बिनाेद भट्टराई

काेहलपुर
नेकपा प्रदेश न ५ का सदस्य युवा नेता नरेन्द्र न्याैपाने राजनीतिसँगै कृषि पेशामा सक्रिय छन् । उनले राजनीतिलाई समाजसेवा र कृषिलाई आफ्नो जीवनयापनको माध्यम बनाएका छन।
उनले काेहलपुर वडा न मा -६,रझेनामा ५ जनाकाे संयुक्त लगानीमा ५ बिगाह जग्गा भाडामा लिएर न्यु बागेश्वरी कृषि फम संचालन गरेका छन।करिव ४५ लाखकाे लगानी रहेकाे उक्त कृषि फममा अहिले १५०० वटा कुखुरा अट्ने खोरमा ब्रोइलर कुखुरा पालन गरेका भए पनि अहिले लकडाउका कारण नयाँ चल्ला भने हालेका छैनन। फममा ५०० को हाराहारीमा लोकल कुखुरा पनि पालन गरेका छन। उक्त फममा १०० वटा बाख्रा अटाउने गर्ने खोर निर्माण गरेपनि हाल २० वटा बाख्रा रहेको न्याैपानेले जानकारी दिए।अहिले २५ वटा मौरीका घारहरु राखी मौरी पालन व्यावसाय पनि सुरु गरेका छन
५ बिगाह जग्गा मध्ये डेढ बिगाहमा धान खेती गरिने , १ बिघामा मकै खेती गर्ने याेजना बनाएकाे न्याैपानेले जानकारी दिए। फममा १०० बिरुवा कागती , २०० बिरुवा बकाइनु , १०० बिरुवा इपिल , दालचीनी , कोइरालो ,४५००वटा लिप्टिस लगाएतका बिरुवा लगाउने याेजना रहेकाे उनले बताए। आफ्नाे कृषि ब्यवसायबाट स्थानिय बिच सीप आदानप्रदान गर्न सहयाेग पुगेकाे उनकाे अनुभव छ। आफुले गरेकाे ब्यवसायबाट बिकास र समृद्धिमा टेवा पुग्नकाे साथै रोजगारी सृजना गरेकाे नेता न्याैपाने बताउछन।अहिले पनि ४ जनालाई राेजगार दिइरहेका छन।

कृषकले उत्पादन गरेको बस्तुको बजारीकरणमा समस्या रहेकाे उनकाे अनुभव छ। न्याैपाने भन्छन,-“किसानको मेहनतको फल मिल्न सकेको छैन । राज्यको कृषि क्षेत्रमा गरिएको लगानी परिणाममुखी हुन सकेको देखिदैन । ” एक स्थानीय तह एक सरकारी स्तरको कृषि उपज संकलन केन्द्र स्थापना गर्न आवस्यक रहेकाे उनकाे भनाई छ।
तत्कालिन माओवादी निकट भातृ सङ्गठन अनेरास्वबियुका केन्द्रीय अध्यक्ष समेत भैसकेका नेता न्याैपाने कृषक पेशामा लाग्दा अन्ययुवाहरु समेत कृषिमा आकर्षित हुन थालेका छन।

परिवार चलाउन कृषि तिर हात हालेका उनी मुलुक बनाउन राजनिती गर्ने गरेको सुनाउँछन् । ‘राजनिति गर्नेले खाली बस्नु पर्छ भन्ने छैन,’ उनले भने, ‘जिविकापोर्जनका लागि आफ्नो काम गरेर पनि देश विकास र सामाजिक कार्यमा अगाडी बढ्न सकिन्छ ।’
राजनीति भनेको सामाजिक क्षेत्र हो, आर्थिकरूपमा फाइदा छैन । तर, घरपरिवार चलाउन पैसा जरुरत पर्ने भएकाले आफुले कृषि पेशालाई अँगालेको न्याैपानेकाेको भनाइ छ ।

समाज सेवामा आफ्नो रुचि रहेकाले राजनीति र कृषिलाई एकैसाथ लैजाने योजना रहेको न्याैपाने बताउँछन् । “बिहान र बेलुका कृषि पेशा गर्छु, दिउँसो बचेको समय राजनीतिमार्फत सामाजिक क्षेत्रमा लाग्ने गरेकाे छु”, उनले भने ।

न्याैपानेले विसं २०७५ माघ महिनाबाट न्यु बागेश्वरी कृषि फम दर्ता गरी व्यावसायिकरूपमा कृषि पेशा गर्दै आएका छन् । उक्त पेशाका लागि आफुहरुले रु ४५ लाख लगानी गरेकाे उनले बताए।
“किसानले मल र बीउ समयमा पाउनुपर्ने र सहुलियत हुनु पर्ने आवस्यक छ , नगद अनुदान बन्द गर्नु पर्छ सामग्रीमा छुट दिनु पर्छ , भारत लगायत अन्य देश बाट आउने खाद्यान्न र तरकारी बन्द गरिनु पर्छ” – न्याैपानेकाे भनाई छ। यति गरेमा कृषि क्षेत्रले नै GDP मा वृद्धि गर्नुका साथै रोजगारी सृजना गर्न सक्ने उनले दावी गरे।
व्यावसायिक कृषकका लागि बैंकले सहजरूपमा ऋण दिने, आधुनिक कृषियन्त्रमा सहुलियत दिने र सरकारले कृषकको सामान खरीद गरेर बिक्री वितरणको सुरक्षा लिने हो भने विदेश गएका युवाहरु स्वदेश फर्किएर कृषि पेशा गर्न सक्ने न्याैपानेको सुझाव छ ।
“कृषि पेशामा दुःख गरेअनुसार आम्दानी नभएकाले युवाहरु कृषि पेशाप्रति आकर्षित हुन नसकेका हुन्”, उनले भने, “राज्यले किसानको उत्पादन बिक्री वितरण गरिदिन्छौँ भनेर निश्चितता गर्ने हो भने बिचौलियाको अन्त्य हुनुका साथै कृषि पेशातर्फ मानिसहरु आकर्षित हुन सक्छन् ।”

कृषिसम्बन्धी नीति बनाउँदा कृषकलाई नै राखेर बनाउनुपर्छ । उनले भने, “किसान राखेर नीति बनाउनसके मात्रै किसानमैत्री नीति बन्न सक्छ र वास्तविक किसान लाभान्वित हुन सक्छन् ।”

सम्बन्धित समाचार