सांसद अथककाे प्रश्न-रुकुममा दलितले न्याय नपाए अन्यत्र के होला ?

काेहलपुर

नेकपाका केन्द्रीय सदस्य तथा बाँके निर्वाचन क्षेत्र न १ का संघिय सांसद महेश्वर गहतराज ‘ अथक’ ले जेष्ठ १० गते रुकुम चौरजाहारी सोतीमा प्रेम सम्बन्ध र जातका आधारमा घटेको ह्रदयविदारक घटना हाम्रो देश हाम्रो लोकतन्त्र र सभ्य समाजको लागि एक कलङ्कको दिन रहेकाे बताएका छन।
सामाजिक संजाल मार्फत सांसद अथकले उक्त घटनाले मानव मर्यादामा आधारित एउटा सभ्य सुसंस्कृत समाज निर्माण गर्न लामबद्व भएका सबैलाई गम्भीर बनाएकाे बताएका छन ।” सांसद अथकले अाफ्नाे फेसबुक पेजमा लेखेका छन-” रुकुम जिल्ला र त्यहाको क्रान्तिकारी नेतृत्व अझ बढि गम्भिर ,चिन्तित र जिम्मेवारीवोधका साथ कदम अगाडी चाली रहेकै होला।किनकी रुकुम जिल्ला नै हो महान जनयुद्वको नेतृत्व गर्ने पार्टी प्रमुख दलितलाई बनाउने जनसरकार उपप्रमुख दलितलाई बनाउने ,सांसद,मन्त्री,प्रदेशसभामा प्रत्यक्ष तर्फको प्रदेशसभा सदस्य निर्बाचित गर्ने दुईवटा नगरपालिकामा उप मेयर दलित निर्बाचित गर्ने र जातिय भेदभाव तथा छुवाछुत मुक्त जिल्ला घोषणा गर्ने र साँस्कृतिक रुपाण्तरण र नेतृत्व विकासलाई कतै न कतै तारतम्य मिलाएर जाने पार्टी,जनता र नेतृत्व भएको जिल्ला हो ।”- सांसद अथककाे भनाई छ। सांसद अथक प्रश्न गर्छन,-” रुकुममा दलितले न्याय नपाए अन्यत्र के होला ? “आशा र विश्वास गरौ ।सबै खालको विभेदको अन्त्य गर्ने राष्ट्रिय संकल्प गरेको सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली ज्युको नेतृत्वको सरकारको अगाडी पनि समाजमा रहेको जातरुपी कलङ्क जसले सगरमाथा र बुद्वको देशका हामी मानवलाई अन्तराष्ट्रिय मञ्चमा लज्जित र हिनताबोध गराउने गरेको छ लाई सदाको लागि अन्त्य गर्ने एउटा राष्ट्रिय संकल्प र जागरण संचालन गर्ने अवसरको रुपमा सोच्न समेत बाध्य पारिरहेकै छ होला।सरकारले १८ जना मानिस गिरफ्तार गरेको छ।अनुसन्धान कार्य भइरहेको जानकारीमा आएको छ ।सम्बन्धित जिल्लाको सांसद जनार्दन शर्मा ‘प्रभाकर’ ले प्रेस बिज्ञप्ती निकाली घटनाको निन्दा,भत्सना गर्नुका साथै आफू सम्पूर्ण रुपमा पिडीतको पक्षमा रहेको र न्याय दिलाएरै छोड्ने प्रतिबद्वता गरिसकेको अवस्था छ जाजरकोट जिल्लाको निर्बाचित सांसद शक्ति बस्नेत (वनमन्त्री )पिडीतको जिल्लाको सांसद समेत हुनुहुन्छ घटनाको निन्दा ,भत्सना गर्नुका साथै पिडीतलाई न्याय दिलाएरै छाड्ने भन्नु भएको छ जाजरकोट भेरी नगरपालिकाका मेयर र रुकुम चौरजहारी नगरपालिकाका मेयरले घटनाको निन्दा भत्सना गर्नुका साथै पिडीतको पक्षमा भएको र न्याय दिलाएरै छाड्ने प्रतिबद्वता गरेको अवश्था छ।उक्त घटनाको UN ले चिन्ता चासो लिई पिडीतलाई न्याय दिलाउन सरकारको ध्यानाकर्षण गराएको अवश्था छ।राष्ट्रिय मानव अधिकार आयोगले घटनाका दोसीलाई कानुनी कार्यबाहीको दायरामा ल्याउन र पिडीतलाई न्याय दिन भनेको छ ।बाजेको शिक्षा दिक्षाबाट ग्रसित भएका एकात बाहेक नयाँ पुस्ताको सबै जातजातीका सम्पूर्ण युवाहरुले घटनाको निन्दा भत्सना गर्नुका साथै पिडीतको न्यायको पक्षमा आवाज उठाइ रहेको स्थिति छ।वाच गरौं खवरदारी गरौ।अहिले नै फलानो मुर्दावाद र जिन्दावाद भनेर र सरकारको अनुचित विरोध गरेर ,आशंकाको भरमा अमुक नेताको विरोधको लागि विरोध गरेर आत्मरती गर्न र भाइरल हुन ता सकेला तर पिडीतलाई न्याय दिलाउन र यस्ता प्रकारका मानवता विरोधी जघन्य अपराध अन्त्य गर्न सकिन्न।अव यो घटना एउटा जात विशेषको मात्र होइन सिङ्गो राष्ट्र र सबै जात जातीको साझा सवाल हो र हुनुपर्छ।अनुभव के छ भने अपराधमा जतिबढी राजनिति हुन्छ।पिडीतले न्याय पाउने सम्भावना कमजोर हुदैजान्छ।यतिबेला मानव मुल्यमा आधारित सभ्य र सुसंस्कृत समाज निर्माणका पक्षधर सबै जातका मानिस एकताबद्व भइ निरन्तर खवरदारी गरौं अपराधमा राजनिति होइन।”


ताजा समाचार