पर्वत समाज बाँकेले गर्याे १ लाख बराबरकाे राहत सामाग्री सहयाेग

काेहलपुर

पर्वत समाज बाँकेले काेहलपुर नगरपालिकालाई राहत सामाग्री हस्तान्तरण गरेकाे छ ।
एक द्वार प्रणालीबाट राहत वितरण गर्ने सरकारकाे निर्णय बमाेजिम पर्वत समाज बाँकेले नगरपालिका मार्फत राहत सामाग्री हस्तान्तरण गरेको पर्वत समाज बाँकेका अध्यक्ष पाेष्टराज भुषाललले बताए ।

पर्वत समाज बाँकेले नगरका विपन्न, दलित तथा गरिवहरु परिवारलाई साथै कोरोना भाइरस (कोभिड १९) को कारण दैनिक ज्याला मजदुरी गरिखानेहरु लकडाउनको समयमा कामबाट बञ्चित भएकाले राहतको रुपमा खाद्यान्न सामाग्री वितरण गर्न नगरपालिकालाई राहत सामाग्री हस्तान्तरण गरेकाे अध्यक्ष भुषालले बताए ।
उनका अनुसार कोहलपुर नगरपालिकालाई ६५ बोरा चामल, १ सय ३० किलो दाल, ६५ लिटर तेल ,१ सय ३० थान साबुन,१सय ३० किलो नुन राहत सामग्री गरि १ लाख बराबरकाे सामाग्री हस्तान्तरण गरेकाे अध्यक्ष भुषालले बताए। पर्बत जिल्लाबाट बाँकेमा अाइ बसेका पर्वत समाज बाँकेमा आबद्ध भई सहयोगी सदस्यहरुबाट संकलित उक्त सामग्री कोहलपुर नगरपालिकालाई हस्तान्तरण गरिएको हाे।
पर्वत समाज बाँकेले नगरपालिकाका नगरप्रमुख लुट बहादुर रावत मार्फत उक्त राहत सामाग्री नगरपालिकालाई हस्तान्तरण गरेको हो ।
सामाग्री बुझ्दै नगरप्रमुख रावतले अप्ठ्याराेमा परेकालाई सहयाेग गर्नका लागि पर्वत समाज , बाँकेले राहत सामाग्री उपलब्ध गराएकाे भन्दै खुसी ब्यक्त गरे।


ताजा समाचार