पत्रकारलाई सुरक्षा सामाग्री बितरण गरिने

काेहलपुर
समाचार संकलनका क्रममा काेराेना भाइरसकाे जाेखिम कम गर्न भन्दै पत्रकारका लागि सुरक्षा सामाग्री प्रदान गरिने भएकाे छ।

पत्रकारहरुका लागि एन ९५ माक्स , सेनेटाईजर , ग्लोव्स लगातका सुरक्षा सामाग्री बितरण गर्न लागिएको नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष ठाकुर सिंह थारुले जानकारी दिए ।
अध्यक्ष थारुका अनुसार दाताकाे सहयाेग तथा नेपाल पत्रकार महाँसघ बाँके आफैले खरिद गरेर पत्रकारहरु लाई सुरक्षा समाग्री बितरण गर्न लागेको हो ।
पत्रकारहरुका लागि अवश्यक पर्ने केही स्वास्थ्य समाग्रीहरु शुक्रवार राष्ट्रिय युवा संघ बाँकेका अध्यक्ष कुस्माखर बस्यालले नेपाल पत्रकार महाँसघ बाँकेका उपाध्यक्ष प्रदिप वाग्ले मार्फत नेपाल पत्रकार माहाँसघ बाँकेलाई हस्तान्तरण गरेका छन । बस्यालले ३५ थान एन ९५ माक्स हस्तान्तरण गरेका हुन
पत्रकार महासंघ बाँकेले रिपोर्टिङका क्रममा सुरक्षित हुन समेत सम्पुर्ण पत्रकारहरुलाई अनुराेध गरेकाे छ। महासंघका बाँके उपाध्यक्ष प्रदिप वाग्लेले दैनिक उज्यालाेसंग कुरा गर्दै सकेसम्म घरमै बसेर समाचार संकलन गर्न बाँकेका पत्रकारलाई अनुराेध गरे।


ताजा समाचार