बाँकेका १ जना सहित नेपालमा काेराेना संक्रमितकाे संख्या ५९ पुग्याे

काेहलपुर,बैशाख १९

बाँकेका ६० बर्षिय पुरुष र रुपन्देहीका २५ बर्षिय पुरुषमा काेराेना संक्रमण देखिएकाे स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ।
बाँके जिल्लामा कोरोना संक्रमित पुष्टि भएसंगै जिल्लाबासी थप त्रसित भएका छन। जिल्लामा सुरक्षा अधिकारीहरुकाे अाकस्मिक बैठक बसी छलफल भैरहेकाे बताइएकाे छ।केही दिनअघि नेपालगञ्जमा विभिन्न धार्मिक संस्थामा बस्नेहरुको पिसिअार जाँच गरिएको थियो । त्यसमध्येकै एकजनामा कोरोना भाईरस पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रवार मात्र बाँके र रुपन्देहीमा गरी दुईजनामा कोरोना देखिएको पुष्टि गरेकाे हाे। नेपालमा कोरोना संक्रमितको संख्या ५९ पुगेको छ ।


ताजा समाचार