नेकपा बाँके क्षेत्र न.१’ख’ काे आयाेजनामा १६४ पिन्ट रगत संकलन

कोहलपुर

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाँके प्रदेश निर्वाचन क्षेत्र समन्वय कमिटी क्षेत्र नं १ (ख) ले लकडाउनको अवस्थामा देखिएको रगतको अभावलाई पुर्तिगर्न आयोजना गरेको अाइतवार रक्तदान कार्यक्रमा १ सय ६४ प्रिन्ट रगत संकलन भएको छ । कमिटीकाे अायाेजनामा नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा रहेको रक्तसञ्चार केन्द्रमा विहान १० बजेबाट रक्तदान शुरु भएकाे थियो ।
नेकपा प्रदेश ५ का सदस्य तथा बाँके निर्वाचन क्षेत्र नं १ (ख) का ईन्चार्ज नरेन्द्र न्यौपानेले प्रदेश निर्वाचन क्षेत्र समन्वय कमिटी क्षेत्र नं १ (ख) का संयाेजक अब्दुल हुसेन खाँन, काेहलपुर नगर सचिव बिहानी लगाएत १ सय ६४ जनाले रक्तदान गरेकाे संयाेजक अब्दुल हुसेन खाँनले जानकारी दिए।
141″ class=”alignnone size-medium wp-image-1766″ />
नेकपा निर्वाचन क्षेत्र समन्वय कमिटी क्षेत्र नं १ ख का संयोजक खानले रक्तदानमा सहभागि भएर रक्तदान गर्ने ,सहयाेग गर्ने तगाएत सबैप्रति अाभार ब्यक्त गरेमा छन।


ताजा समाचार