काेहलपुरमा पैदल यात्रुलाई नेकपाकाे फलफुल, काग्रेसकाे खाना, सरकारी चेकजाँच

बिनाेद भट्टराई
काेहलपुर, ८ ब‌ैशाख २०७७

काेहलपुर नगरपालिकाकाे चाैराहसम्म देशका विभिन्न स्थानबाट आएका पैदल यात्रुलाई लक्षित गरी सहायता केन्द्र , खाना खाने ब्यवस्था , फलफुल तथा सवारी साधन लगाएकाे ब्यवस्था गरिएकाे छ ।काेहलपुरनगरपालिका-११ चाैराहमा नागरिक साहायता केन्द्र स्थापना गरिएकाे छ। सहायता कक्षमा सामान्य स्वास्थ्य चेकजाच गरिन्छ। ज्वराे चेकजाँचकाे लागि काेहलपुर नगरपालिकाले स्वास्थ्यकर्मीकाे टाेली खटाइएकाे छ।काेहलपुर नगरपालिका संगकाे सहकार्यमा केन्द्रीय नीति अनुरुप इलाका प्रहरी कार्यालय काेहलपुरले सहायता कक्षकाे सुरुवात गरेकाे इलाका प्रहरी कार्यालय काेहलपुरका प्रमुख डि एस पी कुलदिप चन्दले दैनिक उज्यालाेसंग बताए।

नगरपालिका संगकाे समन्वयमा पैदल यात्रुहरुलाई आउने बित्तिकै काक्रा लगाएतकाे फलफुल खुवाउने काम नेकपा वडा न ६ कमिटि सदस्य मधु खड्का लगाएतकाे टिमले गरेकाे छ। पैदल यात्रुलाई केही शितलता प्रदान गराेस भनेर विभिन्न दाताकाे सहयाेगमा आफुले फलफुल बितरण गरेकाे खड्काले दैनिक उज्यालाे संग बताइन।यसैगरी काेहलपुर आइपुग्ने बटुवाकाे लागि भने विभिन्न ब्यक्ति तथा संस्थाकाे सहयाेगमा नेपाली काग्रेस काेहलपुर ११ न वडा कमिटिकाे संयाेजनमा खाना खुवाउने काम भैरहेकाे नेपाली काग्रेस काेहलपुर ११ न वडा कमिटि अध्यक्ष माेहन प्रसाद चापागाईले बताए। बेला बेलामा तरकारी दिएर सहयाेग गरेका छन अनेरास्वबियूका नेता हेमन्त भट्टराईले । पैदल यात्रुलाई खानपानमा सजिलाे हाेस भनेर आफुले तरकारी सहयाेग गरेकाे नेता भट्टराईले बताए।मजदुर तथा पैदल यात्रुलाई यात्रुलाई ब्यवस्थापन गर्न विभिन्न दल सम्बन्ध नेता कार्यकर्ता तथा अन्य समाजसेवी दिनभरैनै खटिइरहेकाे देख्न सकिन्छ।यात्रुहरुकाे सहायताका लागि डेरी संचालकहरु, ब्यवसायीहरु तथा ब्यक्तिगत रुपमा पनि सहयाेग गरिरहेका छन।
काेहलपुर नगरपालिकाकाे अनुराेधमा काेहलपुर क्षेत्रका निजि बिद्यालयले पश्चिममा मान खाेला सम्म र उत्तर बंबई सम्मका लागि बैजनाथले सहयाेग गरेकाे प्याब्सन काेहलपुर सचिव गाेबिन्द सुबेदीले बताए।
विभिन्न स्थानबाट काेहलपुर आइपुगेका यात्रुलाई अप्ठ्यारोमा पर्न नदिन रातदिन आफ्नाे दल लागिपरेकाे नेकपा काेहलपुर नगर कमिटीका अध्यक्ष बसन्ती अधिकारीले बताइन।यात्रु लगाएत कसैलाई अप्ठ्यारो परेमा काेहलपुर नगरपालिका संग सम्पर्कमा आउन काेहलपुर नगरपालिकाका उपप्रमुख सन्जु कुमारी चाैधरीले अनुराेध गरिन।


ताजा समाचार