किसान र उपभाेक्ताकाे हितमा ‘ कृषि एम्बुलेन्स’
काेहलपुर,७ बैशाख २०७७
लकडाउनको कारण उत्पादन भएर पनि बजारिकरण नभएका कृषि तथा पशुजन्य उत्पादनका लागि प्रदेश ५ भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले कृषि एम्बुलेन्स सुरु गरेको छ ।
कृषकका कृषि उत्पादन बिक्री नभएकाे तथा बिक्री भएपनि अति न्यून मुल्यमा बिक्री भएकाे गुनासाे अाएपछि मन्त्रालयले कृषि एम्बुलेन्स शुरु गर्न लागेकाे हाे।
भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री आरति पौडेलले किसान हरुले उत्पादन गरेको कृषि तथा पशुजन्य बस्तु ढुवानी का लगि कृषि एम्बुलेन्स ले सहयोगी भुमिका खेल्ने बताउनु भयाे । उहाँले भन्नुभयाे-‘ किसाले पनि उचित मूल्य पाउन अनि उपभाेक्ताले पनि किसाले दिएकाे मुल्यमा खरिद गर्न पाउन भनेर याे सेवा सुरु गरेका हाै। ‘

मन्त्रालयले केही दिन ४४ वटा पिकअप भ्यानलाई कृषि एम्बुलेन्स को रुपमा सञ्चालन गर्ने निर्णय गरेको थियो । जसमा ३४ वटा मन्त्रालयले अनुदानमा कृषि सहकारी, फर्म, समुहलाई उपलब्ध गराएका हुन भने १० वटा मन्त्रालय मातहतको सरकारी पिकअप गाडि हुन ।
मन्त्रालयका अनुसार पिक अप को न्युनतम भाडा भने स्वयम् व्याक्तिले व्यहोर्नुपरने छ भने तेल मन्त्रालयले उपलब्ध गराउने ।




