नेकपा बाँके १ ‘ख काे आयाेजनामा आज काेहलपुरमा रक्तदान
दैनिक उज्यालाे संवाददाता
७ बैशाख २०७७

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रदेश निर्वाचन क्षेत्र समन्वय कमिटी बाके १ “ख “काे अायाेजनामा अाज काेहलपुरमा रक्तदान कार्यक्रमको आयोजना गरेकाे छ । बन्दाबन्दीका कारण रक्तसञ्चार केन्द्रहरुमा रगतको कमी हुँदा ठूला अप्रेसन गर्नुपर्ने बिरामीसँगै मिर्गौलाको नियमित डायलासिस, अप्रेसन गर्नुपर्ने सुत्केरी, सिकलसेल एनिमियालगायतका बिरामीलाई रगतकाे अभाव भएकाे भन्दै कमिटिले अाज बैशाख ७ गते दिन नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा रहेको रक्त संचार केन्द्रमा रक्तदान कार्यक्रम राखिएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रदेश निर्वाचन क्षेत्र समन्वय कमिटी बाके १ ख का संयाेजक अब्दुल हुसेन खानले जानकारी दिए।रक्त सञ्चार केन्द्रमा अाज बिहान १० बजे देखि दिउसाे ४ बजे सम्म आयोजना गरिएकाे संयाेजक खाँनले बताए । रक्तदान गरि रगतकाे अभाव कम गर्न सहयाेग गर्न संयाेजक खाँनले सबैलाई अनुराेध गरेका छन।




