नेकपा प्रदेश निर्वाचन क्षेत्र समन्वय कमिटी बाके १’ ख’काे आयाेजनामा बैशाख ७ गते रक्तदान
दैनिक उज्यालाे संवाददाता

५ बैशाख २०७७
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश निर्वाचन क्षेत्र समन्वय कमिटी बाके १ ख काे आयाेजनामा रक्तदान कार्यक्रमको आयोजना गर्ने भएको छ । बन्दाबन्दीका कारण रक्तसञ्चार केन्द्रहरुमा रगतको कमि हुँदा ठूला अप्रेसन गर्नुपर्ने बिरामीसँगै मिर्गौलाको नियमित डायलासिस, अप्रेसन गर्नुपर्ने सुत्केरी, सिकलसेल एनिमियालगायतका बिरामी समस्यामा परेकाे भन्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश ख कमिटी बाँकेले बैशाख ७ गते आईतवारका दिन नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा रहेको रक्त सञ्चार केन्द्रमा रक्तदान कार्यक्रम राखिएको नेकपाका नेता तथा उक्त कमिटी का संयाेजक अब्दुल हुसेन खाँले बताए ।रक्त सञ्चार केन्द्र कोहलपुरमा ७ गते १० बजे देखि ४ बजे सम्म आयोजना गरिएकाे नेता खाँले बताए ।




