अमेरिकाबाट शर्मा दम्पतिले गरे ३ न. वडा कार्यालयलाई डेढ लाख बढिकाे खाधान्न सहयाेग।

J

काेहलपुर , ५ बैशाख २०७७

कोहलपुर नगरपालिकाको३ नं वडा कार्यालयलाई अमेरीका निवासी दिपकराज शर्मा र उल्पला शर्माले खाद्य सामाग्री उपलब्ध गराएका छन ।
उनीहरु शिवालय -५ जाजरकाेटका मनिराम शर्माका छाेरा बुहारी हुन।

आफू स्वयम् अप्ठ्याराेमा रहेर पनि नेपालका बिपन्न परिवारकाे लागी सहयोग गर्ने मनकारी अमेरिकाकाे क्यालेफाेर्नियामा बस्ने शर्मा दम्पतिले दैनिक ज्याला मजदुरी गरि खाने विपन्नहरुका लागि उनले ले १लाख ५२ हजार २ सय ९५ मूल्य वरावरको खाद्यान्न सामाग्री वडा कार्यालयलाई उपलब्ध गराएकाे वडा अध्यक्ष माधव रिजालले दैनिक उज्यालोलाई बताए । राहत सामाग्रीकाे लागि काेहलपुर न पा वडा न ३ निवासी हरी रेग्मीकाे सहजीकरण गर्नुभएकाे थियाे। उक्त सामाग्री प्रति परिवार १५ किलाे चामल, २ किलाे दाल, १ली तेल, १ किलाे नुनका दरले १ सय ४३ परिवारलाई उपलब्ध गराउने अध्यक्ष रिजालले जानकारी दिए ।कोरोनाका कारण बन्दाबन्दीले विपन्न परिवारलाई समस्या हुन नदिन अाफुले सक्दाे प्रयास गरेकाे समेत अध्यक्ष रिजालले बताए।उनले भने-‘ वडा विभिन्न क्षेत्र र वडाबासी बाट पनि राम्राे सहयाेग पाएकाे छु।


ताजा समाचार