ने.बि.संघकाे आयाेजनामा आज रक्तदान
दैनिक उज्यालाे संवाददाता
६ बैशाख २०७७

ने बि संघ बाँकेकाे आयाेजनामा आज काेहलपुर तथा नेपालगन्जमा रक्तदान कार्यक्रमको आयोजना गरेकाे छ । बन्दाबन्दीका कारण रक्तसञ्चार केन्द्रहरुमा रगतको कमी हुँदा ठूला अप्रेसन गर्नुपर्ने बिरामीसँगै मिर्गौलाको नियमित डायलासिस, अप्रेसन गर्नुपर्ने सुत्केरी, सिकलसेल एनिमियालगायतका बिरामीलाई रगतकाे अभाव भएकाे भन्दै ने बि संघ बाँकेले नेविसंघको ५१ औं स्थापना दिवस पारेर अाज बैशाख ६ गते दिन नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा रहेको रक्त सञ्चार केन्द्र तथा नेपालगन्जमा रहेकाे रक्त संचार केन्द्रमा रक्तदान कार्यक्रम राखिएको ने बि संघ बाँके अध्यक्ष पूर्ण प्रसाद आचार्य बताए ।रक्त सञ्चार केन्द्रहरुमा आज बिहान ८ बजे देखि दिउसाे ४ बजे सम्म आयोजना गरिएकाे अध्यक्ष आचार्यले बताए ।




