कक्षा ११ र १२ काे बार्षिक परिक्षा स्थगित

काेहलपुर, २५ चैत्र

राष्ट्रिय परीक्षा बोर्डले बैशाख महिनामा हुने भनिएकाे कक्षा ११ र १२ को वार्षिक परीक्षा स्थगित गरेको छ ।

परीक्षा बोर्ड मगलबार बसेकाे बैठककाे निर्णय अनुसार आज मंगलबार एक सुचना मार्फत परीक्षा स्थगित हुने जनाएकाे छ।परीक्षा बाेर्डले कक्षा १२ को परीक्षा ०७७ वैशाख ८ गतेबाट र कक्षा ११ को परीक्षा वैशाख २१ गतेबाट सञ्चालन गर्ने गरी तालिका सार्वजनिक गरेकाे थियो । यसअघि प्रवेशिका चैत्र ६ गतेबाट हुने भनिएकाे (एसईई) परीक्षा स्थगित भएकाे थियाे छ ।
विश्वब्यापी रुपमा फैलिएकाे काेराेना भाइरस संक्रमणकाे जाेखिम बढेकाे भन्दै यस्ताे अवस्थमा परीक्षा संचालन गर्न नहुने सुचनामा उल्लेख छ।
बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले यस्तो स्थितिमा परीक्षा सञ्चालन गर्न सम्भव नभएकाले स्थगित गर्नुपरेको बताए। बाेर्डले अर्को सूचना सार्वजनिक नहुँदासम्मको लागि परीक्षा स्थगित गरेकाे जनाएकाे छ। अवस्था सामान्य भइसकेपछि नयाँ सूचना सार्वजनिक हुनेछ बताइएकाे छ।


ताजा समाचार