लकडाउनमा थप कडाई, अबदेखि काेहलपुर प्रवेश गर्ने सबै नाका बन्द हुने।

काेहलपुर, चैत्र २४

बाँकेको कोहलपुरमा लकडाउन थप कडाइ हुने भएकाे छ । सोमबार (अाज) कोहलपुरमा भएको सर्वदलिय -सर्वपक्षिय बैठकले लकडाउनलाई थप कडाइ गर्ने निर्णय भएकाे हाे ।बैठकले कोहलपुर नगरभित्र प्रवेश गर्ने चार वटै नाका समेत बन्द गर्ने निर्णय भएकाे काेहलपुर नगरपालिकाका उप प्रमुख सन्जु कुमारी चाैधरीले दैनिक उज्यालाेलाई जानकारी दिइन।
काेहलपुर नगर क्षेत्रका पुर्वतर्फ चप्परगौंडी (रोहिनी खोला), पश्चिमतर्फ मदनचोक, उत्तरतर्फ कौशिलानगर र दक्षिणतर्फ पार्वतीपुरमा काेहलपुर प्रबेश गर्ने नाका बन्द गर्ने निर्णय भएको उपप्रमुख चाैधरीले बताइन।

नगर क्षेत्रमा कोरोना भाईरस संक्रमणको जोखिम बढ्न सक्ने भन्दै उपप्रमुख चाैधरीले लकडाउनकाे समयमा अनाबश्यक हिडडुल समेत नगर्न अाग्रह गरिन। अबदेखि काेहलपुर नगरभित्र निजि सवारी साधन संचालनमा पूर्ण रुपमा रोक लगाउने निर्णय समेत भएको छ । सोमबारको सर्वदलिय बैठकले कोहलपुर नगर क्षेत्रभित्र पेट्रोलपम्पलाई पेट्राेल बिक्री बितरण समेत नगर्न अनुराेध गरेकाे छ ।खासगरी साँझपख दुईपाग्रे सवारीका साधन लिएर बिनाकाम मानिसहरु निस्कन थालेकाे भन्दै यस्ताे निर्णय गरिएकाे बताइएकाे छ।

कुनै जरुरी कामले सवारी चलाउनै परेमा उद्योग वाणिज्य संघ काेहलपुर तथा ईलाका प्रहरी कार्यालय काेहलपुरसँग समन्वय गरेर संचालन गर्न दिने निर्णय भएकाे उपप्रमुख चाैधरीे बताइन।


ताजा समाचार