काेहलपुरकाे जीवन ज्याेति स्कूलले गर्याे ५० हजार बराबरकाे खाद्यान्न सहयाेग।

कोहलपुर, चैत्र २४

कोहलपुर नगरपालिका वडा नं. १० रामनगरमा रहेको जीवन ज्याेति स्कूलले १० नं. वडा कार्यालयलाई खाद्यान्न सहयोग गरेको छ । सरकारले लिएको एकद्धार निति अनुसार विपन्न समुदायका ब्यक्तिहरुलाई राहत उपलब्ध गराउने उद्धेश्यले वडा कार्यालयलाई ५० हजार मुल्य बराबरको खाद्यान्न सहयोग गरिएको विद्यालयका प्रिन्सीपल जाेमन जेम्सले जानकारी दिए ।

विद्यालयका अध्यक्ष कृष्ण बहादुर थापा तथा प्रिन्सीपल जाेमन जेम्सले कोहलपुर नगरपालिका वडा नं. १० का वडाध्यक्ष निम बहादुर चलाउने तथा वडा सदस्य अाेम प्रकाश बर्नवाललाई २५ बाेरा चामल, ५० केजी दाल र ३ पेटी तेल गरी जम्मा ५० हजार बराबरको खाद्यान्न सामग्री हस्तान्तरण गरेकाे विद्यालयका लेखापाल कल्याण तिमिल्सीनाले जानकारी दिए ।

लकडाउनका कारण साँझ बिहान हातमुख जाेर्न समेत समस्या भएका परिवारलाई केही मात्रामा भए पनि राहत पुगाेस भनेर विद्यालयले खाद्य सामाग्री सहयाेग गरेकाे प्रिन्सीपल जेम्सले बताए ।
काेहलपुर नगरपालिका वडा न १० का वडाध्यक्ष चलाउनेले राहत उपलब्ध गराएकोप्रति विद्यालय परिवारलाई धन्यवाद दिँदै लक्षित वर्गसम्म राहत पुर्याउने बताए । वडा अध्यक्ष चलाउनेले विद्यालयले वडा कार्यालय मार्फत गरेकाे सहयाेगकाे प्रशंसा गरेका थिए ।


ताजा समाचार