सांसद अथककाे पहलमा बाँके आइपुगे स्वास्थ्य सामाग्री
काेहलपुर २५ चैत्र

नेपाल कम्युनिस्ट पार्टी( नेकपा)का केन्द्रिय सदस्य एंब बाँके निर्वाचन क्षेत्र न १ का संघिय सांसद महेश्वर गहतराज (अथक)को पहलमा बाँकेमा अति आवश्यक स्वास्थ्य सामाग्री अाइपुगेका छन। स्वास्थ्य राज्य मन्त्री नबराज राउतसँगको आग्रह पछि गुणस्तरिय स्वास्थ्य सामाग्रीहरु बाँकेमा पठाएको बाके क्षेत्र न १ का संघिय सांसद गहतराजका स्वकिय सचिव दिलिप साेनीले बताए ।

बिश्वमा नै महामारिका रुपमा फैलिएकाे कोरोना भाइरस म नियन्त्रणका लागि सांसद अथकको पहलमा अति आवश्यक स्वास्थ्य सामाग्रीहरु गुना थर्मा मिटर २८ थान, माक्स ४२३ थान,पिपिए सेट ४ सय थान र गलोक्स एक हजार थान नेपालगन्ज अाइपुगेका हुन । उक्त सामाग्री सबै स्थानीय तह, अस्पताल र स्वास्थ्य संघ संस्थाहरुले लिन सक्ने सकिने छ।
बजारमा यस्ता अति आवश्यक स्वास्थ्य सामाग्रीहरुको अभाव भइरहेको समयमा विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्ड अनुसारका स्वास्थ्य सामाग्रीहरु भएको सांसद अथकले बताए । उक्त सामाग्री लिनका लागि हिल्स मेडि सप्लाएर्स नेपालगन्जमा सम्पर्क गर्नुपर्ने छ।




