आकाशबाट जलेका परालका टुक्रा खसेपछि
काेहलपुर

बाँके तथा बर्दियाका विभिन्न स्थानहरुमा शनिवार सांझ डडेका परालका टुक्काहरु खसेका छन। बाँकेकाे नेपालगन्ज ,खजुरा, जानकी काेहलपुर तथा बर्दियाकाे विभिन्न स्थानमा आइतबार सांझ बजेतिर जलेका परालका टुक्राहरु खसेका हुन।
अहिले सामाजिक संजालमा फाेटाे पाेष्ट गरिरहेका छन।नेपालगन्जबाट कृष्ण कडेल लेख्छन-“हाम्रो आगनमा मात्र होकि भनेको वरपर १०/१२ घर मात्र नभै धेरै ठाउमा अहिले तल उल्यखित परालको जलेको त्यान्द्रो जस्तो चिज देखियका छन ।। खासमा के रहेछ यो कोहि जानकार भय खवर पाउ न ।।।” यसैगरी खजुरा बाट शतिस निराैला लेख्छन-“यो पराल आतंक के हो ? आगन भरी डढेको पराल को टुक्रा खसी रा छ!

अस्ट्रेलिया मा लामो समय लागेको डढेलो अहिले शान्त माहोलमा खसेको त होईन ?” यसैगरी प्रेमसागर पाैडेलले फेसबुकमा लेखेका छन :- “बाँके बर्दियामा जताततै पराल जलेको टुक्राहरु छरिएको देखियो। हाम्रो घरकाे छतमा र अाँगनमा पनि देखिएछ। हातले माडेर हेर्दा कालो हुन्छ अरे। यसको वैज्ञानिक कारण के हुनसक्छ?” आइतबार रातिसम्म टुक्राहरु कसरी झरे भन्नेबारे स्पष्ट हुन सकेकाे छैन।




