स्थानियकाे माया पाएपछि प्रहरी उत्साहित भएकाे छ – डि.एस.पी. चन्द

बिनाेद भट्टराई

काेहलपुर
इलाका प्रहरी कार्यालय काेहलपुरका प्रमुख डि एस पि कुददिप चन्दले ‘लकडाउन’ काे समयमा स्थानिय बासीले प्रहरीलाई माया गरेकाे भन्दै खुशी ब्यक्त गरेका छन ।
डि एस पि चन्दले भने, ‘कोरोना भाइरससँग लड्न सरकारले थालेको अभियानलाई काेहलपुर बासीले बुझेर सहयोग गर्नुभएकाे छ , हामी खुसी छाै।’

लकडाउकाे अहिलेकाे अवस्थामा काेराेना भाइरसकाे जाेखिममा अाफुहरु परेर पनि प्रहरीले अन्य जनतालाई बचाउने प्रयास गरेकाे छ भन्दै डि एस पि चन्दले यस्ताे अवस्थामा प्रहरीलाई स्थानिय सरकार कोहलपुर नगरपालिकाले सवारि साधन लगायत स्वास्थ्य सामग्री , काेहलपुर उद्योग बाणिज्य संघले प्रहरीको लागि खाजा र खानेे पानी साथ‌ अन्य संघसंस्था तथा स्थानीय व्यापारीले जरुरी खाद्यान्न, खानेे पानी, मास्क, ग्लब्ज्, सेनिटाइजर सहयोग गरेकाे भन्दै यसवाट प्रहरी थप उत्साहीत भएकाे दैनिक उज्यालाेसंगकाे कुराकानीमा बताए।
उनले भने, -“नेपाल प्रहरिको सेवाप्रवाहको उच्च मुल्यांकन गरेको देख्दा म र मेरो टीमका सबै प्रहरी कर्मचारिहरु यस पेशा प्रति झनै गौरवको अनुभुति गरिरहेका छौ। हामी सडकको हिडडुल प्राय शुु्न्य पारिदिन अनुरोध गर्दै हिडेका छौ सबै ठाउ बाट सकारात्मक सहयोग पाइराखेका छौ। ” शुरुका दिनमा जरुरी कामले निस्केका सवारिसाधन नियंत्रणमा लिदा थोरेै चित्त दुखाएपनि उहाँ हरुको समस्या समाधान गरि हाम्रै सवारि साधनमा ऊहाहरुको गन्तव्य सम्म पु-याइ दिदा ऊहाहरुको पिडामा थोरै भएपनि सहयोगि हुने प्रयास गरेकाे डि एस पि चन्दकाे भनाई छ। दिउँसो,राति अबेर बिरामि हुदा वा अौषधि सकिएर किन्न नपाउदा सहयोगको माग गर्दा प्रहरी सधै तयार रहेकाे उनकाे भनाई छ।

आमनागरिकले लकडाउनलाई समर्थन गर्नुभएको छ, यो कुरादेखि काेहलपुर प्रहरी अत्यन्तै खुशी छ। सबैले कुरा बुझेर परिस्थितिको सामना गरिदिनुभएको छ। यस्तो बेलामा जस्तोसुकै समस्या आइपरे पनि राज्यले सहयोग गर्छ,’ डी एस पि चन्दले भने।

उनले बजारमा दैनिक उपभोग्यवस्तुको कुनै कमी नआएकाे समेत जानकारी दिए। ‘कोही आत्तिनु पर्दैन। केही अप्ठ्याराे परे काेहलपुर प्रहरीलाई फाेन गर्न उनले अाग्रह गरे।

कोरोना भाइरससँग लड्न राज्यले थालेको अभियानलाई अझै बुझेर सबै एकजुट हुनुपर्ने बताउँदै डी एस पि चन्दले भने, ‘जरुरी कामबाहेक घरबाहिर ननिस्किनुस्।’


ताजा समाचार