“अप्ठ्यारो परे मलाई फाेन गर्नुहाेस।”- वडा अध्यक्ष रिजाल

काेहलपुर

काेहलपुर नगरपालिका वडा न ३ का वडा अध्यक्ष माधव रिजालले लकडाउनकाे समयमा वडाबासी लाई समस्यामा पर्न नदिने बताएका छन।
दैनिक उज्यालाे संगकाे कुराकानीमा अध्यक्ष रिजालले वडाबासीलाई लकडाउनका कारणले कुनैपनि समस्या परेमा आफुलाई माेवाइल न ९८५८०३९७६० मा फाेन गर्न अनुराेध गरे । उनले भने-” अहिलेसम्म कसैलाई अप्ठ्यारो पर्याे भन्ने सुन्नमा अाएकाे छैन तै पनि हामीले टाेलटाेलमा पुगेर बुझिरहेका छाै ।” वडाबासीलाई पर्न सक्ने समस्यालाई मध्यनजर गरि खाधान्न लगाएतका खाद्यबस्तुहरु तयारी अवस्थामा राखिएकाे अध्यक्ष रिजालले बताए। उनले कुनैपनि वडाबासी भाेकै मर्न नपर्ने भन्दै दुख सुखमा अाफुले साथ दिने बताए।

वडा स्तरमै ६ बेडकाे क्वारेन्टाइन बनाउन लागेकाे उनले जानकारी दिए। उनले भने न्-“न्यु बागेश्वरी स्कुलमा ६ बेडकाे क्वारेन्टाइन वनाउदै छाै, भाेली सम्म सकिन्छ हाेला।” वडाबासीलाई कुनै लक्षण देखिएमा वडाकै क्वारेन्टाइनमा राखिने उनकाे भनाई छ। वडामा काेराेनाबाट बचाउन इन्डिया लगाएत अन्य मुलुकवाट अाएकाकाे लिष्ट बनाइरहेकाे र उनिहरुका परिवारलाई घरवाट बाहिर निस्कन नदिएकाे उनकाे भनाई छ।

वडामा मास्क बितरण गरिनुका साथै काेराेनाबाट बच्ने उपाएहरुका बारेमा माइकिङ्ग गरीरहेकाे उनले बताए। उनले भने -“वडावासीकाे सहजताकाेलागी स्वयमसेवक टाेली वनाएकाे र उक्त टाेलीपनि घरघरमा पुगी जनताकाे पिरमर्का बुझ्ने छ।”


ताजा समाचार