मूल्य सुची नराखेकाे तथा बढी मूल्यमा तरकारी बेचेको भेटेपछि दुई पसल कार्वाहीमा।

काेहलपुर

कोहलपुरमा पसलमा मूल्य सुची नराखेकाे तथा बढी मूल्यमा तरकारी बेचेको भन्दै दुई पसललाई कार्वाही गरिएको छ ।
कोरोना भाईरसकाे संक्रमण बढ्न सक्नेे भन्दै सरकारले लकडाउन गरिरहेको बेला फलफुल तथा तरकारीमा बढी मूल्य लगाएको अवस्थामा कोहलपुर नगरपालिकाका उपप्रमूख सन्जु कुमारी चौधरी नेतृत्वको टोलिले शनिवार गरेको छड्के अनुगमनका क्रममा बढी मूल्यमा तरकारी बेचेको भेटाएपछि ती फलफुल तथा तरकारी पसललाई कार्वाही गरेकाे उपप्रमूख चाैधरीले जानकारी दिइन। कार्वाहीमा परेका एउटा पसललाई रु ५० हजार अर्को पसललाई २० हजार जरिवाना समेत तोकिएको उपप्रमूख चौधरीले बताईन ।
उपप्रमुखको संयोजत्वमा छड्के बजार अनुगमा बाणिज्य अापुर्ति तथा उपभाेक्ता संरक्षण कार्यालय बाँकेकाको प्रमुख कृष्ण प्रसाद पाैडेल, उपभोक्ता हित संरक्षण मन्चका बाँके अध्यक्ष वसन्त गौतम, कोहलपुर नपाका बिर बहादुर बि क लगायतको सहभागिता रहेको थियो ।बजार अनुगमन टाेलीले लगातार बजार अनुगमन गरिरहेकाे बाणिज्य कार्यालय बाँकेका प्रमुख कृष्ण प्रसाद पाैडेलले बताए।


ताजा समाचार