रातो पासपोर्ट बनाएको थिइन : पूर्व शिक्षा मन्त्री भट्टराई

काेहलपुर । पूर्व शिक्षा मन्त्री तथा नेकपा (एमाले) नेतृ विद्या भट्टराईले आफूले कहिल्यै कूटनीतिक (रातो) पासपोर्ट नबनाएको स्पष्ट पार्नुभएको छ ।

हाल निवर्तमान प्रतिनिधिसभा सदस्यहरूले रातो पासपोर्ट बुझाइरहेको समाचार सार्वजनिक भइरहेका बेला भट्टराईले फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्नुभएको हो ।

उहाँले लेख्नुभएको छ, “निवर्तमान प्रतिनिधिसभा सदस्यले रातो पासपोर्ट बुझाइरहनु भएको सञ्चारमाध्यममार्फत सार्वजनिक भइरहेको छ । मैले रातो पासपोर्ट दुबै कार्यकालमा बनाएको थिइन भन्ने कुरा यहाँहरू सबैमा जानकारी गराउँछु । धन्यवाद।”

भट्टराईको यो भनाइ सांसदहरूले पदकाल सकिएपछि कूटनीतिक पासपोर्ट बुझाउने प्रक्रियाबारे चलिरहेका चर्चाबीच आएको हो ।

 


ताजा समाचार