प्रतिनिधिसभा भंग गर्न राष्ट्रपति सहमत, शीतल निवास फर्किन् कार्की

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल संकटकाल लगाएर प्रतिनिधिसभा भंग गर्न तयार भएको उच्च स्रोतले जनायो ।
उनी प्रतिनिधिसभा भंग गरेर प्रधानमन्त्री नियुक्ति गर्न सहमत भएपछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्की शुक्रबार साँझ वार्ताका लागि शीतल निवास फर्किएको बताइएको छ ।
बिहानको छलफलमा राष्ट्रपति पौडेलले संसद् विघटन गर्ने विषयमा आनाकानी गरेपछि कार्की घर गएकी थिइन् । उनको अनुपस्थितिमा राष्ट्रपति पौडेलले संविधानविद्हरूसँग लामो छलफल गरेका थिए । यसबीच सेनाभित्र पनि छलफल भएको थियो ।
कार्कीसँग प्रधानमन्त्री भएपछि कसरी अघि बढ्ने ? मन्त्रिपरिषद् कस्तो बनाउने ? भन्ने विषयमा खाका माग गरिएको हो ।

एकदिन ढिला भए पनि सबै प्रक्रिया पु¥याएर प्रधानमन्त्री नियुक्त गर्ने तयारी नेपाली सेनाको छ । ‘अहिले सहमति भएमा तत्काल प्रधानमन्त्री नियुक्ति हुन सक्छ, नभए पनि संकटकाल लगाएर राष्ट्रपतिले जिम्मेवारी लिन सक्छन्’, स्रोतको दाबी छ ।
आदर्श समाज बाट……..

 


ताजा समाचार