शिक्षक आन्दालनमा सहभागी हुन NNTA बाँकेकाे अनुरोध
काेहलपुर, नेपाल राष्ट्रिय शिक्षक संगठन बाँकेले नेपाल शिक्षक महासंघले आयोजना गरेका कार्यक्रममा उपस्थित हुन अनुरोध गरेकाे छ।
संगठनले विज्ञप्ति जारी गर्दै शिक्षक महासंघकाे सर्कुलर अनुसार आज भाद्र १३ गते स्थानीय पालिका ध्यानाकर्षण पत्र बुझाउने र भाद्र १५ गते शिक्षा विकास तथा समन्वय इकाइ नेपालगन्ज बाँकमा दुई घन्टा धर्ना बस्ने कार्यक्रममा सहभागी हुन अनुरोध गरेकाे हाे। विज्ञप्तिमा भनिएकाे छ,”महासंघको एक महत्वपूर्ण घटकको हैसियतले ने रा शि सं मा आवद्ध सम्पूर्ण शिक्षक ज्यूहरू तत् तत् स्थानमा उपस्थित भइ कार्यक्रमलाई भव्यताका साथ सम्पन्न गर्न अमूल्य योगदान गरिदिन हुन हार्दिक अनुरोध गरिन्छ।”




